गृहपृष्ठ खबर ठेकेदारको लापर्वाहीका कारण स्थानिय दुख भोग्न बाध्य

ठेकेदारको लापर्वाहीका कारण स्थानिय दुख भोग्न बाध्य

समय हुदा काम नगरेर बसेका ठेकेदार हाल आएर समयमै काम नसक्ने ठेकेदारलाई सरकारले प्रकाउ तथा कारबाही गरेपछि कपिलवस्तुमा पनि ठेकेदारले पुरै सडकनै बन्द गरेर काम गर्न थालेका छन । कपिलवस्तुको सदरमुकाम तौलिहवादेखि जितपुर (चार नम्बर)सम्म जोड्ने तौलिहवा–जितपुर सडकखण्ड एक महिनाका लागि बन्द गरी यहाँका ठेकेदारले काम गर्न थालेका हुन । समय छदा काममा ढिलासुस्ती गरेका ठेकेदारले सरकारले चालेको कदमको डरले हाल आएर सडकनै बन्द गरी काम गर्न थालेको हुन । एक महिनासम्म सडक बन्द हुने भएपछि जितपुर तौलीहवा क्षेत्र आसपासका कृषक चिन्तित रहेका छन । खेतीपातीको समय रहेको र हाल आएर मल बिउबिजन ल्याउन तथा खेत खनजोत गर्न ट्रेक्टर आउन समेत गाह्रो हुने भएपछि यसपाली कसरी खेतीपाती गर्ने भनी चिन्ता लागेको बाणगंगा सिउटीका सुकदेव थारुले बताउछन । २०७५ पुस मसान्तसम्म काम सक्ने जिम्मा पाएको व्रज गुरु, डिवा र एम के ग्रुपले हाल आएर पानी पर्ने मौसमको बिचमा काम गर्दा काम पनि गुणस्तरीय नहुने नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलक बहादुर पछाइले यस बिषयमा आवश्यक छलफलपछि डेलिगेशन जाने तयारी रहेको बताए ।
सो समयमा डिभिजन सडक कार्यालय शिवपुर कपिलवस्तुको कार्यालयले उक्त बाटोको सट्टा बैकल्पिक बाटोको रूपमा गोरुसिङ्गे–तौलिहवा, बुङची–कोपवा–जहदी, पिपरा–प्रगतिनगर–ओदारीको बाटो प्रयोग गर्न यात्रु तथा सवारी धनीलाई आग्रह गरेको छ । सडक स्तरोन्नति गर्दै कालोपत्रे गरिने भएकाले एक महिनाका लागि सडक बन्द गरिएको डिभिजन सडक कार्यालय शिवपुर कपिलवस्तुका प्रमुख रमेशप्रसाद पौडेलले जानकारी दिए । पिच नभएको समयमा बाहेक आवश्यक ब्यवस्थापन गरी सडक समय सापेक्ष खोलिने पनि उनले बताए । खास गरेर जितपुर देखि तौलीहवासम्म बाटोमा ८ किलोमिटर बाटो कालोपत्रे बिझ्याउने अन्तीम तयारीमा रहेको बताइएको छ । कालोपत्रे गर्दा पुर्ण रुपमा सडक बन्द हुने बताउदै प्रमुख पौडेलले त्यो बाहेकको समयमा सवारी चलाउने प्रवन्ध मिलाइने समेत उनले बताए । एक लेनको उक्त सडक जीर्ण र साँघुरो हुँदा सवारीसाधन आवागमनमा कठिनाई भइरहेपछि स्तरोन्नति गर्न लागीएको हो । ‘जितपुर–तौलिहवा सडक हुलाकी सडक आयोजनाअन्तर्गत निर्माण थालिएको हो।’ गत मंसिरबाट निर्माण सुरु गरिएको सडक २० महिनामा पूरा गर्ने सम्झौता भएको छ । तौलिहवाबाट जितपुर चारनम्बर, बुटवल, पोखरा, काठमाडौंका लागि छोटो दूरीको सडकको रूपमा रहेको उक्त सडक बन्द भएपछि यात्रुहरूले लामो दूरीको यात्रा गर्नुपर्ने बाध्यता भएको छ ।

सम्बन्धित् समाचार