गृहपृष्ठ खबर कपिलबस्तुमा २ दिनमा ६३ गोरु नियन्त्रण , रोकिएला तस्करी ?

कपिलबस्तुमा २ दिनमा ६३ गोरु नियन्त्रण , रोकिएला तस्करी ?

प्रकाशित मिति:

लामो समयदेखि गोरु तस्कारी नरोकिएको भन्ने ब्यापक आवाज उठेपछि कपिलबस्तु प्रहरीले गोरु तस्कारी नियन्त्रणमा कडाई गरेको छ । यसअघि लुम्बिनी दर्पण साप्ताहिकमा गोरु तस्करी भई रहेको समाचार प्रकाशन तथा प्रशारण हुदै आएकोमा त्यसलाई रोक्न प्रहरी प्रशासनले कुनै चासो राखेको थिएन । हालै जिल्लामा प्रहरी उपरिक्षक मनोज यादव सरुवा भएर आए लगत्तै प्रहरीले बिशेष कडाई र
निग्रानी गरेपछि दुई साता यता गोरु तस्कारी रोकिएको प्रहरीको दाबी छ । त्यस  अघि तस्करहरुले भारतबाट चोर नाका हुदै गोरुहरु नेपाल भित्राउने गरेका थिए । बाँके र दाङबाट जिल्लाको बाटो हुदै तस्कारी गरी भित्राईएका गोरुहरु पुर्वी जिल्ला सर्लाहिको नवलपुर र काकडभित्ताको जंगल र भारतको बाटो हुदै तेस्रो मुलुक ब¨लादेश पुग्ने गरेका थिए । प्रहरीले ४ दिन यता मात्र तस्करी गरी नेपाल भित्राउन लागिएका ५६ वटा गोरु पक्राउ गरी भन्सार चलान गरेको छ । गोरुको मुल्य ५ लाख ४० हजार कायम गरिएको छ । गत जेठ ७ गते कृष्णनगर– १ मडाहामा २२, सिसिंहवामा २१ तथा गत जेठ ८ गते यशोधरा गाउपालिका– ७ सोमडिहमा १३ वटा गोरु पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक नरेन्द्र काकीैले बताए ।

गोरु तस्करहरुले भन्सार, पुश क्वारेन्टाईन, भन्सारका कर्मचारी, प्रहरी, पशु हाजबजारका मान्छेलाई मिलाएर निर्वाध गोरु तस्कारी गदैृ
आएका थिए । प्रजिअ मदन भुजेलले कडा निर्देशन दिए पछि १० दिन अघि सरुवा भई आएका प्रहरी उपरिक्षक मनोज कुमार यादवले गोरु तस्कारी रोकाका हुन । प्रजिअ मदन भुजेलले गोरु तस्कर नियन्त्रणकालागि नेपाल र सशस्त्र प्रहरीलाई निर्देशन दिएको
बताए । उनले कृषि प्रयोजन बाहके अब जिल्ला बाहिर गोरु लैजान नदिने बताए । प्रहरी उपरिक्षक यादवले गोरु तस्कार मात्र नभै सबै खोले तस्कारी रोक्ने बताए । भारत र नेपालका तस्करहरुले सिरहाको बाटो हुदै ति गोरुहरु पश्चिम बंगाल हुदै बंगलादेश
पुर्याउने गरेको स्रोतको दाबी छ । तस्करले खुल्ला सिमानाका कारण भारतबाट अवैधरुपमा नेपाल भित्र्याउने, यहाँबाट बुटवल, नारायणगढ हुँदै हेटौंडा, झापामा पु¥याउने गरेको बताएका छन् । झापाबाट पुनः भारतमा प्रवेश गर्दै बङ्गलादेश पु¥याउने गरेका छन । उत्तर प्रदेशको गोरु प्रबेशमा भारतको विहार सरकारले रोक  लगाएपछि तस्करहरुले नेपालको भूमि प्रयोग गर्दै आइरहेका छन् । तस्करहरुले भाडाका मानिसबाट गोरुलाई हिडाउदै जिल्ला भित्राउने र माल संकलन गरी ट्रकबाट पुराउने गरिएको छ । पशु क्वारेन्टाईनका कर्मचारी, भन्सार र पशु हाट बजारका मानिसलाई आर्थिक प्रलोभनमा पारेर सजिलै गोरु तस्कारी भईरहेको थियो । यता प्रहरीले गोरु नियन्त्रण गरि चलान गरेको भएतापनी तस्करीको अखडा रहेको इलाका प्रहरी कार्यालय नजिकको जवाभारीमा तस्करहरुले गोरु डम्पिग गर्ने थलो भने देखे नदेखे जस्तै गरेका छन् । यस विषयमा छिट्टै ध्यान जान जरुरी छ ।

सम्बन्धित् समाचार