गृहपृष्ठ खबर वर्ड फ्लु देखिन थाले पछि जिल्लाको सिमा नाकाहरुमा कडाई

वर्ड फ्लु देखिन थाले पछि जिल्लाको सिमा नाकाहरुमा कडाई

प्रकाशित मिति:

वर्ड फ्लु देखिन थाले पछि जिल्लाको सिमा नाकाहरुमा कडाई गरिएको छ । उच्च जोखिममा रहेको कपिलवस्तुमा बर्ड फ्लु रोग भित्रिन नदिन कपिलवस्तुका सीमा नाकाहरुका कडाई गरिएको हो । भारतको नौतुनावमा २ महिना अघि वर्ड फुलु फैलिएको थियो ।
पंक्षीजन्य वस्तुबाट नै वर्ड फ्लु सर्ने भएकाले अबैध निकासीलाई पुर्णरुपमा रोक्न सीमा नाकाहरुमा कडाई गरिएको प्रहरी उपरिक्षक मनोज कुमार यादवले बताए । जिल्लाको मुख्य भन्सार नाका कृष्णनगर , छोटी भन्सार कृष्णनगर, मर्यादपुर , चकरचौडा लगायतका एक दर्जन सीमा नाकामा बिशेष निग्रानी थालिएको उनले बताए ।
यसैक्रममा सीमानाकामा निगरानी बढाइपछि शुक्रबार बिहान जिल्लाको शुद्धोधन गाउँपालिका–५ तारानगरमा २ हजार अबैध चल्ला बरामद गरिएको प्रहरीले जनाएको छ । १८ वटा कार्टुनमा ३ वटा साईलमा राखिएको अवस्थमा प्रहरीले चल्ला बरामद गरेको थियो । प्रहरीलाई देखे पछि साईकल चालक भने फरार भएको प्रहरी नायब उपरिक्षक नरेन्द्र काकीैले बताए ।यस्तै प्रहरीले जिल्लाको महाराजगंज नगरपालिका, हरदौना नाकाबाट २५ क्यारेट प्रतिबन्धित सेतो अण्डासमेत बरामद गरेको छ । उक्त अण्डासमेत नष्ट गरिएको जनाएको छ । कुखुराको चल्ला, कुखुरा, प्रतिबन्धित सेतो अन्डा, दाना लगायतका सामाग्रीहरु तस्करहरुले अवैध तरिकाले लुकीछिपी नाकाहरुबाट भित्र्याउने गरेका छन् ।

सम्बन्धित् समाचार