गृहपृष्ठ खबर घरमै पुगी वडा नः २ का वडा अध्यक्षद्धारा उदारणीय काम

घरमै पुगी वडा नः २ का वडा अध्यक्षद्धारा उदारणीय काम

प्रकाशित मिति:

वाणगंगा नगरपालिका वडा नं २ को कार्यालय कपिलवस्तुले अपांगहरुको झुपडीमा पुगेर हिृलचेयर वितरण गरेको छ । वडा अध्यक्ष विष्णु पौडेलले अपांगहरुको घरमै पुगी हिृलचेयर वितरण गर्नु भएको हो । वडा नं २ का अपांगहरु अनु थारु, नाथु चौधरी, वैजनाथ चौधरी, देववहादुर बहराईलाई हिृलचेयर र सेतो छडी वितरण गर्नु भएको थियो । आफुहरु बस्ने घरमै आवश्यक सामान निःशुल्क पाउदा निकै खुशी लागेको अनु थारुले बताउनुभयो । अनुलाई जस्तै खुशी नाथु थारुलाई पनि लागेको छ ।  सरकारले सिह दरबारको अधिकार गाउँ गाउँमा भनेको आफुलाई महशुस भएको नाथुले बताउनुभएको छ । सानो झुप्रोमा आएर हिृलचेयर दिदा हृदयदेखि नै खुशी लागेको वैजनाथ चौधरीको भनाई थियो । हिृलचेयर र सेतो छडी पाए पछि उनीहरुले आफुहरुलाई हिड्डुल गर्न सजिलो हुने बताएका थिए । अपांग लक्षित कार्यक्रम बाट उक्त सामग्री अपांगकै घरमा पुगेर प्रदान गरेको वडा कार्यालयका सचिव नरेन्द्र पोख्रेलले बताउनुभयो ।

सम्बन्धित् समाचार