गृहपृष्ठ ज्योतिष /वास्तु साप्ताहिक राशिफल 

साप्ताहिक राशिफल 

प्रकाशित मिति:

साप्ताहिक राशिफल
जेठ २० देखि २६ सम्म

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
– समय सामान्य रहेको छ, आवेशमा गरिएको कामले पछि चिन्तित तुल्याउन सक्छ। कार्यहरुमा अवरोध सिर्जना हुन सक्छन् भने अनावश्यक झनझटहरु आईलाउनेछन।  सुरुवातको दिनहरु तनावमय भए पनि साताको अन्त्यतिर भने मन प्रफुल्लित हुनेछ।  जोस र जागर बढ्नेछ।  संयमता भने अपनौनुहोला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
– सप्ताह प्रगतिशील देखिन्छ।  नया सोचको विकास हुनेछ भने नया  योजनाहरु पनि बन्नेछन्।   स्वास्थ्यमा सुधार हुदै जानेछ।   साताको मध्यतिर भने केहि तनाव वा बोझहरु थपिनेछन्।   ब्यापार व्यवसाय वा कार्यालयको कामले केहि अप्ठ्यारोपनको महसुस गराउनेछ।   समयको महत्वलाई बुझेर कार्यहरु पुरा गर्नुहोला, प्रतिफल भने सोचेजस्तै आउनेछन्।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
– समय सामान्य नै रहेको छ। स्वस्थ स्थितिमा भने विचार पुर्याउनु होला, पेटको समस्या र चोटपटक को भय देखिन्छ। प्रारम्भको दिनहरुमा अबरोध गर्न आउनेहरु बढ्नेछन्। मानसिक अशान्ति बढ्न सक्छ भने नया कुराको बारेमा जान्न अवसरहू मिल्ल्नेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ भने अध्ययनमा पनि प्रगति हुने देखिन्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
– प्रेमसम्बन्धमा सुधार आउनेछ भने दाम्पत्य जीवन सुखायामय हुने देखिन्छ।  साधेदारिका कामहरुबाट केहि अप्ठ्यारो वा समस्या आईपर्न सक्छ।  साताको मध्यतिर भने शरीरमा आलस्यता बढ्न सक्छ।  ढिलासुस्तिका कारण अवसरहरु हातबाट फुस्किना सक्छ भने बोलीको नियन्त्रण गर्नुहोला।  यात्रा गर्ने अवसर जुर्न सक्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
-अध्ययनमा प्रगति हुनेछ। मौकामा सहयोगी तथा भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। शत्रुहरु बढे ता पनि जित भने तपाई कै हातमा पर्नेछ। बाद्बिबादले समस्या निम्त्याउने हुदा समयमै सजग रहनुहोला।  नया कार्यको अवसर वा यात्राको मौकाहरु मिल्नेछन् भने मनमा चंचलता पनि बढ्नेछ।  लेनदेनको व्यवहारमा सजग रहनुहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
– विभिन्न अवसर प्राप्त हुनेछन् भने आँटले काम लिने समय छ। प्रेमसम्बन्धहरु सुधार हुदै जानेछन भने पढाइबाट पनि सोचे जस्तै प्रगतिशील हुने समय रहेको छ। साहित्य तथा रचनामा मन बढ्नेछ। सन्तानबाट सुख वा खुसीको खबर प्राप्त हुनेछ। साताको अन्त्यतिर पेटमा समस्या आउने, दिक्दारी हुने हुन सक्छ। खानपिनमा भने विचार गर्नुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
– भोजभतेरको निम्तो आउन सक्छ। पारिवारिक जमघटमा मन रमाउनेछ। वाहन आदिको सुख प्राप्त हुने योग रहेको छ।  नजिकका तिर्थ यात्रा हुने अवसरहरु आउनेछन्। बल र बुद्धिको बिकास हुनेछ भने नया कुराको खोजि गर्न मन प्रेरित  हुनेछ।  मनोरन्जनामा समय बित्नेछ।  साताको अन्तिमतिर चुनौतिहरु थपिनेछन्।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
-बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। जोस र जागर बढ्नेछ, साताको मध्यतिर आराम मिल्ने समय मिल्नेछ भने कोहि नसोचेका मित्र वा आफ़न्तसग भेट हुने मौका मिल्नेछ। स्वासप्रस्वासमा समस्या आउन सक्छ भने परिवार भित्र को जिम्मेवारी पनि बढ्न सक्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
– आवश्यकता अनुसार फाइदा उठाउन गाह्रो हुनेछ। खर्च बढ्न सक्छ भने वादविवादमा समय बित्न सक्छ, समयको सदुपयोग गर्नुहोला।  आफ्ना कुटुम्ब, आफ़न्तसग मिल्ने र संगै समय बिताउने मौका हरु आउँन  सक्छन्।  पराक्रम र धैर्यताले कामहरुमा बढोत्तर हुनेछ।  ठुला सोचहरुको विकास हुनेछन्।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
– प्रतिष्ठित काम गरेर समाजमा स्थापित हुने समय छ। काम देखाएर उपलब्धि हातपार्ने मौका छ। नयाँ काम वा नोकरी प्राप्त हुन सक्छ। दोष, प्रत्यारोप हरु आउन सक्छन्। नसोचेका घटना ले मनलाई प्रभावित गराउन सक्छ। साताको अन्त्यतिर एकाग्रतामा कमि आउँन सक्छ । छिट्टै बिर्सिने समस्याले केहि तनावमय गराउन सक्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
– समुदायको हक हितको संरक्षण गर्न सकिनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ। खर्चहरु बढ्न सक्छ भने आर्थिक दृष्टिकोणले पनि परिवारभित्र संकट आउँ सक्छ।  नया परिवेश वा समारोह मा सहभागी हुने अवसरहरु आउनेछन।  गीत संगीत्  लगाएतका मनोरन्जनामा मन जानेछ।  धार्मिक वा मांगलिक कार्यमा सहभागी बहिएला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
-प्रारम्भमा प्रियजनसँग भेटघाट हुनेछ भने रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। चिताएका काम बन्नाले प्रशस्तै धनलाभ हुनेछ। मध्यका दिनदेखि अप्ठ्यारा कामको बोझ थपिन सक्छ। चोटपटकको योग देखिएकाले स्वास्थ्यका लागि सजग रहनुहोला। परिस्थितिले संघर्षको पथमा हिँडाउन सक्छ। केहि अप्रत्यासित उपहारहरु प्राप्त हुनेछना।

युवा ज्योतिषी राजकुमार आचार्य
ज्योतिष परामर्श तथा अनुसन्धान केन्द्र
पोखरा १७, बिरौटा
९८४६५१४३०५

सम्बन्धित् समाचार