गृहपृष्ठ खबर प्रदेश नः ५ मै पहिलो पटक ब्याटल डान्स सम्पन्न

प्रदेश नः ५ मै पहिलो पटक ब्याटल डान्स सम्पन्न

प्रकाशित मिति:

चेतनशिल प्रतिष्ठान कपिलवस्तुको आयोजनामा प्रदेश नः ५ मै पहिलो पटक ब्याटल डान्स प्रतियोगिता सम्पन्न भएको छ । २९ जनाको एकल तथा केहीको सामुहिक प्रस्तुती रहेको उक्त प्रतियोगितामा अजय क्षेत्री र अमन क्षेत्रीको ग्रुप पहिलो भएको छ । प्रथम भएसगै उनीहरुले १५ हजार नगद पाएका छन भने द्धितिय हुने अभिशेख रनपालले नगद ८ हजार जित्न सफल भए भने जेडिसि डान्स गु्रपले नगद ५ हजार प्राप्त गरेको छ । शिवम  कन्ट्रक्सनको सह आयोजना र एम आर डि डान्स कम्पनीको बिशेष सहयोगमा प्रतियोगिता सम्पन्न भएको थियो । प्रतियोगिताको उद्यघाटन जिल्ला समन्वय समिति कपिलवस्तुका सभापति नारायण खनालले गरेका थिए । निर्णायकका रुपमा प्रमुख निर्णायक बिष्णु थापा, नरेन्द्र देवकर सिद्धार्थ बज्रचार्य र कृष्ण मिश्र रहेका छन । सो अवसरमा स्थानिय कलाकारले समेत आफनो प्रस्तुती राखेको प्रतिष्ठानका अध्यक्ष असिम भट्टराईले जानकारी दिए । बिगत एक बर्षको छोटो समयमा सामाजिक कल्याणका क्षेत्रमा काम गर्दै आएको प्रतिष्ठानले आफनो १२ औ कार्यक्रमको रुपमा प्रदेशमै पहिलो पटक ब्याटल डान्स प्रतियोगिता राखेको बताए । नवराज पौडेलको स्वागत, सस्थापक संरक्षक समिर सायर भट्टराईको सञ्चालन र टि आर पाण्डेको संयोजक्तवमा प्रतियोगिता सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार