गृहपृष्ठ कला/साहित्य स्याङ्जा साहित्य सङ्गम द्वारा खुल्ला कविता प्रतियोगिताको घोषणा 

स्याङ्जा साहित्य सङ्गम द्वारा खुल्ला कविता प्रतियोगिताको घोषणा 

प्रकाशित मिति:

स्याङ्जा साहित्य सङ्गम द्वारा खुल्ला कविता प्रतियोगिताको घोषणा
वैखरी २० जेष्ठ २०७५
पछिल्लो समय नेपाली साहित्य जगतमा आफ्नो सक्रियता बढाइरहेको स्याङ्जा साहित्य सङ्गमले आफ्नो प्रथम वार्षिकोत्सब तथा २०५औँ भानु जयन्तीका अवसरमा खुल्ला कविता लेखन प्रतियाेगिता आयोजना गर्ने भएको छ । सङ्गमले सुचना जारी गरेर इच्छुक स्रष्टाहरूलाई सहभागिताको लागि आह्वान समेत गरेको छ ,सङ्गमले प्रतियोगिताका नियमहरु समेत सुचना मार्फत सार्वजनिक गरेको छ ।प्रतियोगिताका नियमहरू:-
१. प्रतियोगितामा सहभागी हुन चाहनुहुने कविले आफ्नो प्रतियोगी कविताकाे साथमा आफ्नो पूरा नाम, ठेगाना र सम्पर्क नम्बरसमेत उल्लेख गरी स्याङ्जा साहित्य सङ्गमकाे फेसबूक पेजकाे ईनबक्समा वा संस्थाकै अफिसियल वेबसाईट www.syangjasahitya.com मा रहेको इन्बक्स लिङ्कमा आगामी असार १० गतेभित्र पठाईसक्नु पर्नेछ ।

२. कविता बढीमा २०० शब्दकाे हुनुपर्नेछ र शुद्ध नेपाली भाषामा(देवनागरी लिपिमा) टाइप गरिएको हुनुपर्नेछ।

३. कविता पूर्णत: मौलिक, कुनै पनि छापा तथा अन्य कुनै माध्यमबाट प्रकाशित/प्रसारित नभएको, अन्य कुनै पनि प्रतियोगितामा सहभागी नभएको, प्रतियोगी कविताको कुनै अंश वा पूरा भाग तोडमोड गरिएको पाइएमा रचना अयोग्य मानिनेछ । विजयी रचनामा यसप्रकारको दाबी विरोध भई आएमा त्यसलाई खारेज गरी उत्कृष्टता क्रमको अर्को कविता विजयी मानिनेछ ।

४. एकजना प्रतियोगीले एउटा मात्र कविता पठाउनु हुन सूचित गरिन्छ । एउटै कविको एकभन्दा बढी कविता सहभागिताको लागि आएमा अन्तिम एउटा कवितालाई मात्र प्रतियोगी मानिनेछ ।

५. मूल्यांकनको लागि कविता विधामा विज्ञ अग्रजहरू सम्मिलित ३ जनाको निर्णायक समिति रहनेछ । निर्णायकको निर्णय नै अन्तिम निर्णय मानिनेछ । प्रतियोगिताको नतिजा सार्वजनिक गर्दा निर्णायक मण्डलको नाम पनि सार्वजनिक गरिनेछ ।

६. यस स्याङ्जा साहित्य सङ्गमको कार्यसमितिका सदस्यहरू बाहेक विश्वको जुनसुकै देश तथा क्षेत्रमा रहनुभएका इच्छुक नेपाली भाषी कविहरूले प्रतियोगितामा सहभागिता जनाउन पाउने छन्।

७. प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने एक-एक जना विजयी कविहरूलाई क्रमश: नगद रू. १२,००० /-, रू. ८,०००/-, रू. ५,०००/- सहित सम्मानपत्रद्वारा सम्मानित गरिनेछ ।

आयोजक
स्याङ्जा साहित्य सङ्गम

थप जानकारीका लागि ~
– मनोज मनसुन (mansoonmanoj@gmail.com)
– विनोद परिवर्तित (dhanrajkhanal237@gmail.com)
– सन्तोष स्पन्दन (santoshkafle9@gmail.com)

सम्बन्धित् समाचार