हालै सरकारले २०७५÷७६ को लागी बजेट बिनियोजन गरेको छ । बजेट भाषण भएपछि बजेटका बिषयलाई लिएर सकारात्मक नकारात्मक दुवै कुरा उठेका छन । यसै बिषयमा हामीले यस क्षेत्रका बिभिन्न ब्यतिmहरुको धारणा बुझने प्रयास गरेका छाै । संम्पादित अशं प्रस्तुत छ ।
मगंल प्रसाद थारु
मेयर
बाणगंगा नगरपालिका
कपिलवस्तुका १० स्थानिय तहमध्य सबैभन्दा बढि बजेट बाणगंगा नगरपालिकालाई परेको छ , यो खुशीको कुरा पनि हो तर यहाँ धुर्पै बिकास निमार्णका काम तिव्र रुपमा भई रहेको हुदा कही उतm बजेट पनि अभाव पो हुने हो की भन्ने डर मलाई छ । जे जजि आएको बजेट छ उतm बजेटलाई हामीलाई सही ढङबाट बिकासका क्षेत्रमा लागेको छौ ।
चक्र अर्याल
उप मेयर
बाणगंगा नगरपालिका
बजेट समग्रमा हेर्दा राम्रो छ । हामीले आएको बजेट पुर्ण रुपमा सही ठाउमा खर्च गर्न सक्यौ भने हामी सफल हुन्छौ जस्तो मलाई लागेको छ ।
उमानाथ पौडेल
अध्यक्ष
कपिलवस्तु उद्योग बाणिज्य सघं
बजेट जनमुखी छ तर कार्यन्वयन हुन्न की भन्ने डर मलाई पनि छ । सुक्ष्म तरिकाले हेर्ने हो भने धेरै कुरालाई सोचेर बजेट आएको छ तर सबैको कुरालाई छोएको छैन । सम्रगमा सघंको अध्यक्षको नाताले भन्नु पर्दा बजेट ब्यवसायी मुखी छ तर गाउघरमा बयवसाय गर्नेलाई यसले त्यती राहात दिन्न कि भन्ने पनि लागेको छ अहिल्यै ठिक बेठिक भन्नु भन्दा पनि आएका योजना कार्यन्वयन नहुदा वा हुदा बोल्दा ठिक हुन्छ ।
दोलकराम घिमिरे
समाजसेवि
सरकारले प्रस्तुत गरेको बजेट कार्यान्वयन हुन सक्दैन । ‘करको बोझ बढाएर उत्पादकत्व बढ्छ भन्ने कुरा सही होइन ।’ सरकारको नीति, कार्यक्रम र बजेटमा बहुमतप्राप्त सरकारले अपेक्षा गरिएअनुसार नयाँ तरङ्ग ल्याउने र जोखिम मोल्ने जस्तोदेखिन्छ । बजेटले जनतामा निराशा छाएको छ ।
शंकर प्रसाद न्यौपाने
युवा
बजेट कार्यान्वयन भए देशले आर्थिक रुपमा काँचुली फेर्ने छ तर कार्यन्वयन होला जस्तो मलाई लाग्दैन । बजेट सुन्दा जति खुशी लागेतापनि कार्यन्वयन गर्ने आधारशिला नभएको हुदा पछि गएर काम भन्दा कुरामा मात्र सिमित हुने देखिन्छ । रोजगारी समस्या समाधानका यथावत रहला जस्तो देखिन्छ ।
बिष्णु थापा
सिद्धार्थ नगर बिकास समिति
बजेट आकांक्षा र चाहनाको चाङ देखेको छु । सवैलाई खुसी पार्ने र जम्मा भएको रकम खर्चमा मात्र केन्द्रित छ । बजेट सुन्दा मीठा लाग्ने भए पनि यथार्थमा केही पनि नहुने देखिनछ । यसमा धेरै राम्रा सपना बाँड्ने काम भएको छ जसले गर्दा बजेट वित्तीय क्षेत्रमा अराजकता उत्पन्न गर्नेमा कुनै आशंका नै छैन । स्थानिय तहको बजेट घटाउनु गलत हो । सवारी साधनमा लगाइएको थप कर जनतालाई मारमा मात्र पार्ने देखिन्छ ।
कृष्ण केसि
प्रिन्सिपल
पारिजात इङलीश बोडी स्कुल
बजेटको मुलभुत पक्षलाई हेर्दा महत्वाकाक्षंी देखिएपनि मुलत ः बजेटले शिक्षा तथा स्वास्थ्य क्षेत्रको बिकासको लागी उच्च प्राथमिकता दिदै बिनियोजन गरिएको बजेट उपयुतm छ । ८ प्रतिशतको आर्थिक बृद्धिदरको अपेक्षा अत्यन्त चुनौतीपुर्ण देखिन्छ । सरकारले सार्वजनिक गरेको समृद्धिको योजना र बजेटबिच तादाम्यता हुनु आवश्यक छ ।
छवि रेश्मी मगर
अध्यक्ष
जिल्ला खेलकुद बिकास समिति कपिलवस्तु
खेलकुदमा बजेट कम हुन्छ । राष्ट्रलाई बिश्वमा चिनाउने एउटै बलियो आधार भनेकै खेलकुद या खेलाडी हुन । यद्यपि समग्रमा हेर्दा बजेट राम्रो छ । कार्यन्वयन भएको खण्डमा शिक्षा, पर्यटन, पुर्वाधारका क्षेत्रमा बिकास र बिस्तार हुने आशा मैले देखेको छु ।
शुसिल खत्री
सवबियु सभापति
सिद्धार्थ क्याम्पस
शैशिक प्रमाण पत्रको धितो राखेर ७ लाख सम्म ल्याउने योजना जुन सरकारले ल्याएको छ , यो निकैनै राम्रो कामको सुरुवात हो । जसका कारण लाखौ बरोजगार युवाले स्वरोजगार हुने मौका पाउने छन । बिद्यार्थी भविष्यका कर्णधार हुन उनीहरुमा सरकारले लगाएको लगानी खेर जादैन भन्नेमा म बिश्वस्त छु ।
बुद्धि पौडेल
निर्देशक हिलबर्ट बोडीङ स्कुल
सरकारले बिभिन्न क्षेत्रमा प्रदेश स्तरीय बिकास अनुरुप खाका ल्याएको छ । जुन सकारात्मक छ । शिक्षा र खेलकुद क्षेत्रमा सरकारले बजेट कम छुटयाएको छ । देशका सन्तती माथी लगानी गर्न राज्य सदैव पछि परेको महशु मैले गरेको छु ।
प्रस्तुती ः अशोक पौडेल