गृहपृष्ठ खबर ४ करोड रकमसहित न्यूरोडबाट हुण्डी कारोबारमा संलग्नहरु पक्राउ

४ करोड रकमसहित न्यूरोडबाट हुण्डी कारोबारमा संलग्नहरु पक्राउ

प्रकाशित मिति:

 

जेठ २१, काठमाडौं ।

काठमाडौंको न्यूरोडका विभिन्न स्थानमा छापा मारी महानगरीय अपराध महाशाखाको टोलीले हुण्डी कारोबारमा संलग्न ७ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट प्रहरीले ५१ लाख ४ हजार नगद र ३ करोड ५६ लाख रुपैयाँको चेक बरामद गरेको छ ।

हुण्डी कारोबार गरिरहेको सूचनाका आधारमा सोमवार दिउँसो प्रहरीले छापा मार्दा नगद, चेक, मोबाइल, ल्यापटप र कागजातहरु बरामद गरेको छ । पक्राउ पर्नेहरुमा राहुल राय अग्रवाल, राज कुमार श्रेष्ठ, शिव कुमार साङतानी, अरुण सावरथिया, रविन्द्र चोखानी, राज कुमार सिघान्ची र जगदिश राना सरिया रहेका छन् ।

प्रहरीले हुण्डीको कारोबारमा प्रयोग हुने चेक, सामाजिक सञ्जालमा गरिएका कारोबारको जानकारी, लेजर तथा कागजातहरु नियन्त्रणमा लिएको महाशाखाले बताएको छ ।

हुण्डी कारोबारमा संलग्नहरुमाथि प्रारम्भिक अनुसन्धान गरी थप कारवाहीका लागि राजस्व अनुसन्धान विभाग, पुल्चोक पठाइने महाशाले बताएको छ ।

सम्बन्धित् समाचार