आऊ साथीहरु –छविलाल कोपिला अहिले कालाहरु कालरात्रिबाट ब्यूँझिएर भुकिरहेछन् कालो राष्ट्रवाद र तिनै काला वाक्यांशहरु अखबारका काला अक्षरहरु बनेर काला डलरहरुको बुई चढेर फेरि पनि मेरो ‘कालापानी’ माथि नुन खुर्सानी दलिरहेछन् त्यसैले आऊ साथीहरु कलमहरुमा विचारको बारुद भरौं र प्रहार गरौं ती काला दरबारहरुमा अक्षरका राता मिसाइलहरु । विचरा ! सुस्ता, महेशपुर हरेक बिहान माउले चल्ला बचाएझैँ उध्रिएको आँचलले जबरजस्त अस्मिता छोपिरहेछ लिपूलेक सँधियारहरु बीचको छिनाझप्टीमा छट्पटाइरहेछ यता, सूर्यास्तसँगै बाँसघारीका भँगेराहरु मदिरा–भोजनसँगै कालरात्रि मनाइरहेछन् झारीहरुबाट निस्किएर स्यालहरु चोक–चोकमा कराइरहेछन् त्यसैले, आऊ साथीहरु हामी एक अञ्जुली जून टिपेर आँगनभरि शान्तिको दीयो बालौं र, मन्द पवनसँगै बहाऔं मनका अनेक सुगन्ध ।
गृहपृष्ठ कला/साहित्य आऊ साथीहरु –छविलाल कोपिला
आऊ साथीहरु –छविलाल कोपिला


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैमाटोको ढिस्कोले पुरिएर ६० वर्षीया महिलाको मृत्यु
१ घण्टा अघि
घाँटीमा अमला अड्किएर बालकको मृत्यु
१ घण्टा अघि
तीन प्रदेशमा वर्षाको सम्भावना
१ घण्टा अघि