गृहपृष्ठ खबर कपिलवस्तुको करांते खेलाडी सविना माथी नेपालगंजमा वोतल प्रहार 

कपिलवस्तुको करांते खेलाडी सविना माथी नेपालगंजमा वोतल प्रहार 

प्रकाशित मिति:

नेपालगंजमा हालै सम्पन्न भएको दसौ प्रदेश स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा कपिलवस्तुकी करांते खेलाडी सविना वुढा मगर माथी वोतल प्रहार भएको छ । युवा तथा खेलकुद मन्त्रालयको व्यवस्थापन तथा राष्ट्रिय खेलकुद परिषदको संयोजकत्वमा मध्यपश्मिाञ्चल क्षेत्रिय खेलकुद विकास समितीद्धारा आयोजित ५ नम्बर प्रदेश स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा कराते खेलकी खेलाडी सविना माथी वोतल प्रहार भएको हो । ४० केजी उमेर समुहकी खेलाडी सविना माथी खेल चलीरहेको अवश्थामा दाङका प्रशिक्षक गगन पुनले वोतल प्रहार गरेको वताईएको छ । वुद्धशतmी करांते डोजो चन्द्रौटामा आवद्ध खेलाडी सविना माथी भएको वतल प्रहारको घटनाले आफुहरु स्तव्ध वनेको कल्वका प्रशिक्षक नवराज पौडेलले वताउनुभएको छ । अनुशासित खेलमा पनि असव्य व्यहवार देखाउंदै खेलाडी लाई बोतलले हान्नु ,म्याट तान्नु जस्ता क्रीयाकलाप देखाउनु खेल नियम विपरीत भएको प्रशिक्षक पौडेलले वताउनुभएको छ ।खेलाडी सविना माथी भएको घटनाप्रति खेद व्यतm गर्दै जिल्ला खेलकुद विकास समीती कपिलवस्तुका कार्यलय प्रमुख मिनप्रसाद पोखरेलले वोतल प्रहार गर्ने माथी कारवार्ही दायरामा ल्याउन पहल गर्ने वताउनुभएको छ । सविना गत माघमा काठमाण्डौमा भएको अन्तराष्टिय करांते प्रतियोगीताकी स्वर्ण पदक विजेता समेत हुन ।

सम्बन्धित् समाचार