गृहपृष्ठ खेलकुद तेस्रो जिल्ला स्तरीय सेभेन ए साइडको उपाधि आयोजक बाणगंगाले चुम्यो

तेस्रो जिल्ला स्तरीय सेभेन ए साइडको उपाधि आयोजक बाणगंगाले चुम्यो

प्रकाशित मिति:

कपिलवस्तुको बाणगंगा नगरपालिका चार नः जितपुरमा आयोजित तेस्रो जिल्ला स्तरीय सेभेन ए साइड रनिङ कपको उपाधि आयोजक बाणगंगा वेलफेयरले चुमेको छ । एक्स आर्मी शिवपुरलाई ७÷२ ले हराउदै आयोजक वेलफेयरले उपाधि चुमेको हो । प्रथम भएसगै वेलफेयरले ४० हजार नगद शिल्ड मेडल प्रमाण पत्र र एक्स आर्मी शिवपुरले २० हजार नगद शिल्ड मेडल र प्रमाण पत्र पाएको छ । कपिलवस्तु जिल्लालाई खेलकुदका क्षेत्र अगाडी बढाउदै राष्ट्रीय खेलाडी उत्पादन गर्न वेलफेयरले राख्ने प्र्तियोगिता निकै महत्वपुर्ण भएको अखिल एन्फाका केन्द्रीय सदस्य दुर्गा बहादुर दिर्घले बताए । सो अवसरमा वडा २ का अध्यक्ष बिष्णु पौडेल , बाणगंगा वेलफेयर सोसाइटीका अध्यक्ष राज कुमार खाण, महासचिव बुद्धि बहादुर रोकाहा दिनेश क्षेत्री लगायतले आआफनो धारणा राखेका थिए । कार्यक्रममा बाणगंगा नगरपालिकाका मेयर मगंल प्रसाद थारु, वडा नः १ की अध्यक्ष बाल कुमारी अधिकारी , ४ का अध्यक्ष गणेश क्षेत्री, कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष उमानाथ पौडेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष छवि रेश्मी मगर, युवा समाजसेवि दोलकराम घिमिरे, रुक बहादुर भुसाल, खोम बहादुर सिहं शतिm ठकुरी, तेज प्रसाद आर्चाय लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार