वातावरण दिवसका अवसरमा कपिलवस्तुको बाणगंगा २ पिपरामा रहेको हिलबर्ट बोडीङ स्कुल पिपराले बिभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ । स्कुलले चार नः जितपुरमा रहेको बुद्धरगंशालामा बृक्षरोपण गर्नुका साथै वातावरण कसरी बचाउन सकिन्छ भन्ने बिषयमा डकुमेन्ट्री प्रस्तुत गरेको हो । बुद्धरगंशालामा आयोजित बृक्षरोपण कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिकाका प्रमुख मगंल प्रसाद थारुले वातावरण जोगाउन बालबालिका देखि सबैको भुमिका उत्तीकै हुने हुदा बिद्यालयले यस कार्यक्रमको आयोजना गर्नु उदारणीय भएको बताए । साथै बाणगंगा वेलफेयर सोसाइटीका अध्यक्ष राज कुमार खाणले वातावरण स्वच्छ नभएमा आफनै शरीरलाई असर गर्ने हुदा ब्यतिmगत शरिरलाई जस्तै वातावरणको पनि स्वास्थयमा ख्याल गर्न आवश्यक रहेको बताए । कार्यक्रममा बिद्यालयका दिर्नेशक बुद्धि पौडेल, प्रिन्सिपल सुरेन्द्र पाण्डे, पत्रकार हरि अधिकारी, अशोक पौडेल, गणेश पोख्रेल लगायतल सय बढि बिद्यार्थीको सहभागिता रहेको थियो ।
हिलबर्टद्धारा बिश्व वातावरण दिवसको अवसरमा बृक्षरोपण


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैबाख्रा पालेरै लाखौं आम्दानी
११ घण्टा अघि