काठमाडौं, २२ जेठ-एनएमबी बैंकले फर्दर पब्लिक इस्यु (एफपीओ) निष्कासन गरेको छ। प्रति साधारण शेयर एक सय रुपैयाँमा २३३ प्रिमियम थप गरी प्रति कित्ता ३३३ मा १ करोड १४ लाख १५ हजार १६३ कित्ता शेयरको एफपीओ जारी भएको छ।
यो बैंको एफपीओमा आवेदन दिन कम्तिमा १० कित्तादेखि अधिकतम ५७ हजार ७० कित्ता शेयरको लागि आवेदन दिन पाइने छ।
यो बैंकले साधारण शेयरको लागि निष्काशन गरेको यो एफपीओको आवेदन यही जेठ ३० देखि छिटोमा असार ३ र ढिलोमा असार २८ गतेसम्मको समयसीमा दिएको छ।
यो बैंकको एफपीओमा आवेदन दिन बैंकको सबै कार्यालय र सम्पूर्ण सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका तोकिएका शाखाबाट दिन सकिन्छ। यसको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोष हो।