गृहपृष्ठ खबर कपिलवस्तुमा इन्स्योरेन्सको लोभमा आफ्नै पसलमा आगो लगाउने पौडेल प्रहरीको नियन्त्रणमा

कपिलवस्तुमा इन्स्योरेन्सको लोभमा आफ्नै पसलमा आगो लगाउने पौडेल प्रहरीको नियन्त्रणमा

प्रकाशित मिति:

जेठ ३ गते राती कपिलवस्तुको चन्द्रौटा बजारमा रहेको जिनत बेगमको घरमा आगोलागी भयो । आगलागीबाट सोही घरमा व्यापार व्यवसाय गर्ने ६ वटा व्यवसायहरू जलेर खरानी भयो छ ।  राति लागेकोे आगोले सोही घरमा रहेका पसलहरू पौडेल ब्रदर्श कम्प्य’टर सप्लार्यस, लक्ष्मी ट्रेडर्स तथा दुग्ध डेरी, ग्यालेक्सी पिउने पानीको अफिस, शिवराज हेयर कटिगं एण्ड जेन्स पार्लर,एस आर ट्रेड लिकं एण्ड स्टेशनरी साथे गोदाम पनि जलेर नष्ट भएकाे हाे ।  आगलागी पाश्चात स्थानीय बासी, प्रहरी, शसस्त्र प्रहरी र कृष्णनगर दमकलले आगो नियन्त्रणमा लिए पनि व्यवसायीहरूको सम्पुर्ण पसल जलेर खरानी बनेकाे छ ।  आगलागी पछि थुप्रै अड्कलबाजी भए आगो कसरी लाग्यो भन्ने विषयमा तर प्रहरीले पनि प्रारम्भीक अनुसन्धानमा विधुतीय सटसर्किट भएर आगो लागेको हुन’ सक्ने भन्ने अनुमान गरेको थियो । विधुतिय सटसर्किटबाट आगो लागेको प्रारम्भिक अनुसन्धानबाट मात्रै वडा प्रहरी कार्यालय चन्द्रौटाको टिम सन्तुष्ट भएन । सुक्षम अध्ययन गर्दै गयो र  अनुसन्धान र अध्ययनबाट सोही घरमा रहेका ६ वटा पसल मध्ये पौडेल ब्रदर्श कम्प्य’टर पसलको मात्रै विमा रहेको तथ्य प्रहरीले फेला पारेकाे हाे । अब प्रहरीले अर्को सिराबाट आगलागीको अनसन्धान सुरू गर्यो , आसपासका छिमेकीका बयान सोधखोज गर्न थाल्यो । प्रहरीलाई आगलागी विधुतिय सटसर्किटबाट नभएर योजनाबद्ध तरिकाबाट लागाइएको हुन सक्ने शंकाले घोच्न थाल्यो र अनुसन्धानलाई अझ सशक्त र तिब्रता दिएकाे िथयाे । . प्रहरीलाई अनुसन्धानकै क्रममा अर्को कडि फेला पर्यो जहाँ आगलागी हुदाँ विहान ३ बजे पौडेल ब्रदर्श कम्प्युटरका सप्लायर्स दिपेन्द्र पौडेल पसल बाहिर भएको घरधनीका छोरा रसिद खानले प्रहरी सामु बयान दिए । घरमा आगो लागेको जानकारी पाए पछि बाहिर निस्कने क्रम गेट बाहिर पहिल्यै नै पौडेललाई आफ’ले देखेको र पौडेललाई आफुले खबर नगरेको रसिदले प्रहरीलाई बयान दिए । अब प्रहरीको अनुसन्धान दिपेन्द्र पौडेल तिर तानियो . जेठ ८ गते प्रहरीले पौडेल ब्रदर्श कम्प्य’टरका व्यवस्थापक पौडेललाई प्रहरीले सोधपुछ थाल्यो ।  सोधपुछ र अनुसन्धानको क्रममा पौडेलले आफैले आगो लगाएको प्रहरी समक्ष स्वीकार गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख झविन्द्र भट्टराईले बताए ।  आफ्नो पसलमा सामान केहि नभएको सबै सामान सारी सकेको र आगो लगाईदिए पछि इन्स्योरेन्स कम्पनीबाट इन्स्योरेन्स वापतको मोटो रकम पाउने उद्देश्यले आगो लगाएको बयानमा पौडेलले बताएको प्रहरीले जनाएको छ ।  आफ्नो पसलमात्रै जलाउने सोच भए पनि आगोले घरमा भएका अन्य पसलहरू पनि जले पछि पौडेलले घरधनि र व्यवसायीहरूलाई इन्स्योरेन्सको रकम आएपछि सहयोग गरूला भन्दै आएको घर धनि रसिद खानले बताएका छन । घटनालाई विध’तिय सटसर्किटको रूपमा मिलाउन सके ठुलै धनराशी इन्स्योरेन्सबाट पाउने आसामा पौडेल आफैले आगो लगाएको प्रहरीले पुष्टि गरेको छ । राति पसल बन्द गर्ने बेलामा आगो सल्काएका पौडेललाई आगलागीमा सोही घरमै बसोबास गर्ने घरबेटी जल्छनकी भन्ने चिन्ताले सताएको हुनलाई विहान ३ बजे सबै भन्दा अगाडी आफु पुगेको पौडेलले प्रहरी समक्ष स्वीकारेका छन।  पौडेल विरूद्ध आगलागी शिर्षकमा मुद्धा दर्ता गरी थप अन’सन्धान भइरहेको प्रहरीले जनाएको छ .।

सम्बन्धित् समाचार