वैखरी जेष्ठ २३ रोल्पा
रोल्पा नगरपालिकाले ‘ पर्यटनका लागि साहित्य’ भन्ने मुल नाराका साथ आयोजना गरेको बृहत् साहित्य सम्मेलन–२०७५का क्रममा भएको राष्ट्रिय कविता प्रतियोगितामा लमजुङका प्रज्वल अधिकारी प्रथम भएका छन् । ‘आऊ साइँला एकैछिन भलाकुसारी गरम्’ शीर्षकको गद्य कविता प्रथम भएको हो ।
त्यस्तै अछामका लक्ष्मण संगम द्वितीय र सिन्धुपाल्चोकका सुरेश अधिकारी ‘फकिर’ तृतीय भएका छन् ।
उनीहरूले क्रमशः २५ र २० हजार पुरस्कार पाए । सोलुखुम्बुका गणेशप्रसाद खतिवडा र काठमाडौंका अमी प्रिन्सले सान्त्वना पुरस्कारस्वरूप १०÷१० हजार प्राप्त गरे ।
प्रा. केशव सुवेदी, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ उत्तमकृष्ण मजगैयाँ र प्रज्ञासभा सदस्य वियोगी बुढाथोकी निर्णायक रहेको समितिले अधिकारीको कवितालाई प्रथम घोषणा गरेको हो । उनले ३५ हजार राशिको पुरस्कार प्राप्त गरेका छन् । मंगलबार रोल्पाको लिवाङ सातदोबाटोमा आयोजित सम्मेलनको समापन कार्यक्रममा पुरस्कार वितरण गरिएको हो ।
उक्त कविता प्रतियोगितामा देश भरी बाट एक सय ५४ प्रतिस्पर्धी कविहरुले सहभागिता जनाएका थिए जस मध्य अन्तिम प्रतिस्पर्धाका लागि १५ कविता छनोटमा परेका थिए
रोल्पामा सम्पन्न राष्ट्रिय कविता प्रतियोगितामा ५२ जिल्लाबाट एक सय ५४ कविले कविता पठाएका थिए । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धाका लागि १५ कविता छानिएका थिए रोल्पा नगरपालिकाको आयोजना तथा विभिन्न संघसंस्थाको सहकार्यमा कविता प्रतियोगिता भएको हो।
१० वर्षे जनयुद्धको उद्गमस्थलका रूपमा चिनिने रोल्पामा ‘युद्ध साहित्य : विकास, बहस र परिणाम’मा कथाकार नवीन विभास, कवि यज्ञबहादुर डाँगी र कथाकार क्षितिज मगरले बहस गरेका थिए । बहसमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्तीले समेत भाग लिएका थिए
२० जेठदेखि तीन दिनसम्म सञ्चालन भएको बृहत् साहित्य सम्मेलनमा विभिन्न शृखलाबद्ध कार्यक्रम आयोजना गरिएका थिए । तीमध्ये सात प्रदेशका सात कविका कविताले दर्शकको वाहवाही पाए । लिवाङको खुलामञ्चमा कविता वाचनलगत्तै गजल महफिल गरिएको थियो ।