गृहपृष्ठ खबर कांग्रेसका नेता सिंहलाई राजनैतिक पुर्वाग्रहका आधारमा पक्राउ गरेको भन्दै विरोध

कांग्रेसका नेता सिंहलाई राजनैतिक पुर्वाग्रहका आधारमा पक्राउ गरेको भन्दै विरोध

प्रकाशित मिति:

कपिलवस्तुमा  बुधवार सांझ जिल्ला प्रशासन कार्यालय अगाडी जम्मा भएका नेपाली कांग्रेसका युवा विद्यार्थीहरुले नेता राजेन्द्र सिंह क्षेत्रीलाई राजनैतिक पुर्वाग्रहका आधारमा पक्राउ गरेको भन्दै विरोध जनाएका हुन् । नेपाली कांग्रेसका जिल्ला सदस्य परमेश्वर पाठकको नेतृत्वमा युवा विद्यार्थीहरुले प्रक्राउ परेका कांग्रेसका नेता सिंहको रिहाईको माग गरेका छन् । प्रहरी उपरीक्षक यादवले सत्ता पक्षलाई खुशी पार्न नेपाली कांग्रेसका नेताहरुलाई विभिन्न वाहानामा खोजी खोजी पक्राउ गरी कारवाही अघि बढाएको जिल्ला सदस्य पाठकले आरोप लगाए । विरोध कार्यक्रममा नेपाल तरुण दलका क्षेत्रीय अध्यक्ष राजेश उपाध्याय, नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष राकेश पाण्डेय लगायत युवा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित् समाचार