बाणगंगा नगरपालिकाको सहयोग तथा वडा नं ९ भलवाडको आयोजनामा बालबालिकाका लागि भित्ते पत्रिका सम्वन्धी २ दिवशिय तालिम वडा कार्यालयको सभाहल जिनुवामा सम्पन्न भएको छ । सो तालिममा बालबालिकाको प्रतिभाको प्रस्फुटन तथा सिर्जनात्मक बिकास र पत्रिका लेख्ने क्षमताको अभिवृद्धि गर्नको लागि सो तालिमको उद्धेश्य रहेको छ । सो तालिममा सिद्धार्थ सामाजिक बिकास केन्द्रका दुर्गा अर्याल र हरी अधिकारीले प्रशिक्षण दिनु भएको थियो । भित्तेपत्रिका लेखनमा सेतो गुराँस बाल आवाज पत्रिकाको समूह प्रथम र कपिल बाल आवाज पत्रिकाको समूह द्धितिय भएको थियो । तालिम समापनमा सहभागिबाट सरोज पाण्डे,गोमा खड्काले तालिमबाट सिकेका कुरा आ–आफ्ना विद्यालय, वाल क्लवमा गई भित्ते पत्रिका लेखन कार्यलाई अगाडी बढाई व्यबहारमा कार्यन्यवन गर्ने र गाउँटोल, विधालयमा वालवालिकामा परेका समस्याका बारेमा वालभित्ते पत्रिका मार्फत उठान गर्ने प्रतिवद्धता जाहेर गरेका थिए त्यस्तै प्रशिक्षकक दुर्गा अर्यालले तालिमबाट सिकेका कुरा ब्यवहारमा कार्यान्वन भएमा मात्र तालिमको सार्थकता हुने कुरामा जोड दिनु भएको थियो । कार्यक्रम वडा न.९का वडा अध्यक्ष ध्रुव वेल्वासेको अध्यक्षता वडा सदस्य नुमलाल थारुको आतिथ्यता बाबुराम रायमाझीको सहजीकरणमा भएको कार्यक्रममा वडा ९ अन्र्तगत रहेका सामुदायिक विद्यालय र संस्थागता विधालयका गरी ३४ जना बालबालिकाको सहभागिता रहेको थियो ।








