गृहपृष्ठ खबर बोल्न नसक्ने महिलालाई करणी गरेका चन्द्रौटाका सशस्त्र प्रहरी जवानलाई १० बर्ष कैद सजाय

बोल्न नसक्ने महिलालाई करणी गरेका चन्द्रौटाका सशस्त्र प्रहरी जवानलाई १० बर्ष कैद सजाय

अदालतले थारु समुदायककी बोल्न नसक्ने (लाटी महिलालाई जबरजस्तीकरणी मुद्दामा सशस्त्र प्रहरी जवान लोकराज अवस्थीलाई १० बर्ष कैदको सजाय ताकेको छ । जिल्ला अदालत कपिलवस्तुले तत्कालीन अवस्थामा सशस्त्र प्रहरी बल चन्द्रौटामा कार्यरत अवस्थीबाट पीडीत महिलालाई १ लाख रुपैया क्षतिपुर्ति भराउने समेत फैसला गरेको छ । न्यायधिश ओमकारनाथ उपाध्ययाको एकल ईजलासले सो सजाय तोकेको हो । २०७३ जेठ ३० गते भैसी चराउन गएकी बोल्न नसक्ने ४० बर्षे थारु समुदायकी महिलालाई अवस्थीले करणी गरी क्याम्पमा लुकेका थिए । शिवराज नगरपालिका– १० स्थित गणको पश्चि पट्टीको गेट निरै ७ः ३० बजेतिर ती महिलालाई करणी गरेका थिए ् । पीडीत महिलाले औलाको ईसाराले अवस्थी र थारु तर्फ ईशारा गरेकी थिईन ।। घटनाको बिरोधमा स्थानीयबासी आन्दोलित भए पछि अवस्थीलाई प्रहरीमा बुझाईएको थियो । ती महिलाको अवस्था अहिले सामान्य रहेको प्रहरीले जाएको छ ।

सम्बन्धित् समाचार