गृहपृष्ठ खबर जिल्ला खेलकुद बिकास समिति कपिलवस्तु सम्मानित

जिल्ला खेलकुद बिकास समिति कपिलवस्तु सम्मानित

प्रकाशित मिति:

खेलकुद क्षेत्रको बिकासमा उत्कृष्ट चार कपिलवस्तु जिल्ला परेको छ । देशभरका ७७ जिल्ला मध्य उत्कृष्ट चार जिल्लामा कपिलवस्तु पनि परेको हो । राष्ट्रीय खेलकुद परिषदले खेलकुद क्षेत्रको बिकासका लागी कपिलवस्तु जिल्ला खेलकुद बिकास समितिले उत्कृष्ट र उदारणीय काम गरेको भन्दै नगद रु २५ हजारसहित सम्मानपत्रले सम्मानित गरेको हो । राष्ट्रीय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष छवि रेश्मी मगरलाई नगर र सम्मान पत्रले सम्मानित गरेका हुन । जिल्ला खेलकुद बिकास समिति गठन भएपश्चात परिषदबाट स्वीकृत कार्यक्रम, बाहिरी स्रो जुटाई आयोजना गरीएका खेलकुद गतिविधि, उत्कृष्ट प्रशासनिक सुधार तथा लेखापरिक्षण लगायतका कार्यका आधारमा कपिलवस्तु जिल्ला शाखा सम्मानित भएको हो ।

सम्बन्धित् समाचार