मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
– अरूको स्वार्थमा उपयोग भइने समय छ, सजग रहनुहोला। अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने हुन सक्छ। शिरसग सम्बन्धित समस्याले सताउन सक्छ। जिम्मेवारीहरु बढेको महसुस होला। साझेदारीका कामहरुमा उतारचढाव आउनेछन्। सामाजिक वा राजनैतिक कार्यमा अग्रसर भैएला। प्रारम्भका दिनहरुमा केहि भए पनि मध्यबाट आर्थिक एव पराक्रमको द्रिस्टिकोणले शुभ हुदै जाने देखिन्छ। नया सोच, उर्जा र जागर बढ्ने समय छ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
– प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। केहि ढिलासुस्ती वा मनमा अशान्ति हुनेछ। कुनै विशेस कामले वा योजनाले गर्दा मनमा शंकाहरु बढ्नेछन्। सम्बन्धहरु सुधार हुदै जानेछ भने गरेका कामहरु साताको मध्यतिर देखि सफल हुदै जानेछन् । ब्यापार व्यवसाय बाट सफलता हुने देखिन्छ भने कमाई एव वचतमा पनि सुधारिदै जानेछ। मानसम्मान तथा विशेस अवसरहरुको योग रहेको छ। समयलाई राम्रोसग सदुपयोग गर्नुहोला।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
– केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने देखिन्छ। मिहिनेत गर्दा नाम, दाम र इनाम प्राप्त हुनेछ। पहिलेको मिहिनेतले आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम सुरुआत गर्ने अवसर जुट्नेछ। वैदेशिक रोजगार को लागि गरिएको कार्यबाट शुभ संकेत प्राप्त हुनेछ। साथीभाई सग भेटघाट हुने अवसर मिल्नेछ। नसोचेको ठाउमा खर्च गर्नुपर्ने देखिन्छ भने साताको अन्त्यतिर केहि कामको लागि घरभन्दा बाहिरको यात्रा गर्नुपर्ने हुनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
अरूलाई प्रभावित पारेर उपलब्धि हातपार्ने समय छ। तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। नया रोजगारी एवं कामको अवसरहरु आउनेछन्। मनमा चंचलता बढ्नेछ भने शरीर केहि कामजोर भएको महसुस हुनेछ। मनोरन्जनामा समय व्यतित गर्नुपर्ने देखिन्छ। उत्साह एवं जोस जागरहरु बढ्नेछ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
– सुखदुःखमा साथ दिनेहरू पनि फेला पर्नेछन्। रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ। लगनशीलताले समस्या सुल्झाउँदै सामाजिक प्रतिष्ठा दिलाउनेछ।धर्र्मिक कार्य एवं तिर्थस्थालाहरुमा सहभागी हुने मौका मिल्नेछ। वौद्धिक ब्यक्तित्वहरुसग भेटघाट तथा सम्बन्धहरु सुधार हुनेछन्। कार्यक्षेत्र राम्रो हुदै जानेछ। आफुले गरिरहेको क्षेत्रबाट मानसम्मान तथा व्यक्तित्व विकास हुनेछ। धर्म कर्म तथा आध्यात्ममा मन जानेछ। सामान्यतय यो साता प्रगतिशील नै देखिन्छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
– अप्ठ्यारा कामको बोझ थपिन सक्छ। अस्वस्थताको योग देखिएकाले खानपानमा सजग रहनुहोला। अर्थ अभावले आँटेको काम स्थगित हुन सक्छ। परिस्थितिले संघर्षको पथमा हिँडाउन सक्छ। तापनि मिहिनेतले स्थितिमा सुधार ल्याउनेछ। आवश्यक परेको खण्डमा मित्रहरुबाट सहयोग प्राप्त हुनेछ। समय कसैको प्रतीक्षामा बित्नेछ भने मनमा अलिक खिन्नता पनि उत्पन्न हुन् सक्छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
-पुरुषार्थी काम बन्नाले जोश–जाँगर बढ्नेछ। पहिलेको उपलब्धिले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। दिगो फाइदा हुने काम हातलागी हुनेछ। तर वादविवादमा अघि नसर्नुहोला। भैपरी आउने समस्यासँग जुध्नुपरे पनि पछि फाइदा हुने काम प्रारम्भ हुनेछ। पेटको समस्याले दुख दिन सक्छ, खानपिनमा भने विचार पुर्याउनुहोला। जीवनासाथिसगको सम्बन्धमा उतारचढाव आउनेछ। प्रेम प्रशंग्गहर्रु पनि बढ्नेछन्।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
– प्रारम्भको दिनहरुमा अबरोध गर्न आउनेहरु बढे ता पनि हिम्मतले सफलता प्राप्त हुनेछ्। स्वास्थ्यमा केहि सामान्य समस्या हरु देखिनेछन्। झुटा आरोप एवं गालीहरु आउन सक्छन् भने साताको अन्त्यतिर मनमा संतुस्ती प्राप्त हुनेछ्। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। मंगलवारदेखि स्थितिमा सुधार आउनेछ भने अधिकार र प्रतिष्ठा स्वत: प्राप्त हुनेछ। व्यवसायका लागि रमाइलो यात्रा गर्ने अवसर जुर्न सक्छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
– घरेलु समस्या देखापर्न सक्छन्। अरूको बहकाउमा परिनाले काम बिग्रने सम्भावना छ। भौतिक साधनकाे कमीले पनि अप्ठ्याराे पर्ला। कुरा लगाउनेहरूले आत्मीय सम्बन्धमा फाटो उत्पन्न गर्न सक्छन्। तर आँटले काम बनाउन सकिनेछ। मिहिनेत गर्दा धेरैलाई उछिन्न सकिनेछ। अध्ययनमा प्रगति हुनेछ तर स्वास्थ्यमा मौसमी गडबडी देखापर्न सक्छ। प्रेम सम्बन्धहरु बढ्नेछ भने मनमा साहित्यिक भावना सिर्जना हुनेछ। पढाइमा रुचि बढ्नेछ भने प्रगति हुने पनि देखिन्छ। सन्तान पक्षबाट शुभ समाचारहर्रु आउँनेछन्।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
– घरभित्रको जिम्मेवारी बढ्नेछ्। नजिकैका बेक्तिहरुबाट केहि अवरोध वा कस्टहरु प्राप्त हुनेछ। मिहिनेतले प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। तर आफ्नो श्रमबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। प्ठ्यारा कामको बोझ थपिए पनि बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। ऋणहरु बढ्नेछन् भने खर्च पनि नियन्त्रण गर्न गाह्रो हुन् सक्छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
– लेनदेन र बोली–व्यवहारमा अलि सावधान रहनुहोला। सुरुमा शुभचिन्तकहरूलाई बेवास्ता गर्दा पनि अलि दुःख पाइनेछ। बलभन्दा बुद्धिको उपयोगले काम लिने प्रयत्न गर्नुहोला। जोश जागर बढ्नेछ भने, आफ्नो पराक्रमले कामहरु अगाडि बढ्नेछन्। स्वाशाप्रस्वाश सग सम्बन्धित समस्याहरु देखा पर्न सक्छ अलि सजग रहनुहोलाा। धैर्यता गर्ने बानि विकास गर्नुभयो भने प्रतिफलहरु पनि राम्रै आउनेछन् ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
– लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्ति हुनेछ। गोपनीयतामा ध्यान दिनुहोला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। टाढाको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ। प्रतीक्षा गरिएको नतिजा सकारात्मक हुनेछ। लाभदायी कामको जिम्मेवारी प्राप्त हुनेछ। आफ्नो कामबाट अरूले लाभ उठाउने चेष्टा गर्नेछन्। लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। सप्ताहान्तमा स्थितिमा सुधार आउनाले काम सम्पादन हुनेछन्।
युवा ज्योतिषी राजकुमार आचार्य
ज्योतिष विज्ञान परामर्श तथा अनुसन्धान केन्द्र
पोखरा- १७, बिरौटा
९८४६५१४३०५