गृहपृष्ठ अन्तरास्ट्रिय खबर डोनाल्ड ट्रम्प र किम जोंग उनबीच ऐतिहासिक भेटवार्ता

डोनाल्ड ट्रम्प र किम जोंग उनबीच ऐतिहासिक भेटवार्ता

प्रकाशित मिति:

 

२९ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ्ग उनबीच ऐतिहासिक भेटवार्ता भएको छ । सिंगापुरको होटल क्याम्पेलामा मंगलबार बिहान उनीहरुबीच भेटवार्ता भएको हो ।

वार्तास्थलमा पुगेलगत्तै दुवै नेताहरुले हात मिलाएका थिए । यो भेटवार्तामा करिब एक घण्टा चल्ने बताइएको छ । भेटवार्तामा दोभाषेको पनि व्यवस्था गरिएको छ ।

 

भेटवार्ता सुरु हुनुभन्दा ठीक अगाडि ट्रम्पले भनेका छन्- सबै कुरा एकदम ठीक छ तर यो वार्तामा राम्रो सम्झौता हुन पाउँछ कि पाउँदैन छिट्टै थाहा हुनेछ ।

उनले भनेका छन्, ‘किम जोङ्ग उनसँगको यो भेट एक सम्मान हो । जसबाट हामीबीच एक उत्कृष्ट सम्वन्ध बन्ने विश्वास गर्दछु ।’

दुवैबीचको शिखर वार्तालाई विश्वले नै प्रत्यक्ष प्रसारणमार्फत हेरिरहेको छ तर उत्तर कोरियाले भने हेर्न पाएको छैन । उत्तर कोरियामा बाहिरी च्यानलहरुमा प्रतिवन्ध लगाइएको छ । विश्व शान्तिका लागि अहिलेसम्मकै महत्वाकांक्षी भेटवार्ता मानिएको यो वार्ताको सुरक्षा सिंगापुरमा रहेका नेपाली गोर्खा सेनाले दिइरहेको छ ।

 

 

सम्बन्धित् समाचार