गृहपृष्ठ खबर विद्युत्त पोलमा निशुल्क विज्ञापन 

विद्युत्त पोलमा निशुल्क विज्ञापन 

प्रकाशित मिति:

नेपाल विद्युत्त प्रधिकरणका विद्युत्तिय पोलहरु रंगीचंगी देख्न पाइन्छ । शहर बजार होस चाहे गाउघर जहाँकतैका विद्युतिय पोलहरुमा विभिन्न व्यवसायहरुको प्रचार सामाग्री होडिगं बोर्ड पेन्टिगं देख्न पाइन्छ । कपिलवस्तुको व्यस्त बजारहरु ४ नं. जितपुर, गोरुसिंगे, चन्द्रौटा,महाराजगंज, कृष्णनगर बजारका विद्युतिय पोलहरुमा विभिन्न खाले विज्ञापन सामाग्रीहरु देख्न पाइन्छ । तर विद्युतिय पोलहरुमा विज्ञापन लाग्दा तिर्नु पर्ने रोयल्टि भने कुनै पनि व्यवयसायीहरुले नतिरेको नेपाल विद्यत्तप्राधिकरण कृष्णनगर वितरण केन्द्रका प्रमुख लक्ष्मी केशर अरगौजाले जानकारी दिनु भयो । विद्युत्तिय पोलहरुमा विज्ञापन गर्दा विज्ञापन गर्ने संस्थानहरुले विद्युत कार्यालय संग निश्चित समयको लागि तोकिएको शुल्क बुझाएर तोकिएको स्थानहरुका पोलहरुमा मात्र प्रचार सामाग्री लगाउन पाउने प्रावधान रहेको तर हाल सम्म आफ्नो क्षेत्र भित्र पर्ने पोलहरुमा टागिएका प्रचार सामाग्रीहरुको बारे कहि कतै सम्झौता भएको आफुलाई जानकारी नआएको अरगौजाले बताउनु भयो । त्यस्तै विद्युतिय पोलहरुमा विद्युत्त लाइनका बाहेक अन्य तारहरु पनि जोडिएको छ । स्थानिय केवल च्यानलका तारहरु , इन्टरनेटका तारहरुको प्रयोग पनि विद्युत्तिय पोलहरुमा भएको छ । चन्द्रौटा,कृष्णनगर बजार क्षेत्रमा केवल तार र इन्टरनेटको तार विद्युत्तिय पोलहरुको माध्यमबाट नै तानिएको छ । यसरी विद्युत्तपोललाई प्रयोग गरे वापतको शुल्क नबुझाएको जानकारी आएको छ । विद्युत पोलमा विद्युत बाहेकका अन्य तारहरु जडान गर्दा लिनुपर्ने अनुमति नलिएको अरगौजाले बताउनु भयो ।

सम्बन्धित् समाचार