कविता-अस्तित्व
मेराे खुला मुहारमा
तिमी पवित्रता हाेइन
याेनी मात्र देख्छाैमेराे खुला अनुहारमा
तिमी अात्मीयता हाेइन
लिङ्ग मात्र देख्छाैखुला छ प्रकृतिको स्वरुप
नदीजस्तै खुला
हिमालजस्तै खुला
पशुपन्छीजस्तै खुला
जुन,तारा र अाकाशजस्तै खुलात्यस्तै खुला छ मेराे अनुहार
तर तिमी
टाँक खुस्केकाे सटजस्ताे गरि
फस्नर फुस्केकाे पेन्टजस्ताे गरि
मेराे अनुहारमा मात्र
घरिघरि हेर्छाैमेराे याे अनुहारलाई
तिम्रा खराब दृस्ठिबाट बचाउन
सलले छाेपाै कि बुर्कालेमास्कले छाेपाै कि गलबन्दीले
यी कुरुप अाखाले
राम्रो राम्रो मात्र देख्ने
चस्मा भै दिए देखि
कति सुन्दर हुन्थ्यो
हाम्रो अस्तित्व !गणेश श्रमण
गृहपृष्ठ कला/साहित्य अस्तित्व- गणेश श्रमण
अस्तित्व- गणेश श्रमण
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैउरुग्वेको प्रशिक्षकमा फोर्लान
८ घण्टा अघि
यमनमा हुथीको आक्रमणबाट कम्तीमा ३८ सैनिकको मृत्यु
८ घण्टा अघि
युगान्डाका स्टार फुटबलर डेभिड ओओरीको बीभत्स हत्या
१६ घण्टा अघि









