गृहपृष्ठ कला/साहित्य झरी- यज्ञ प्रसाद न्यौपाने ‘ दिपक ‘

झरी- यज्ञ प्रसाद न्यौपाने ‘ दिपक ‘

प्रकाशित मिति:

कविता -झरी
हिउँदको घामसँग
अपरिचित यात्राका पैतालासँग
भेट भएछ भने कतै फेरि
भनिदिनु शिषिरयामको
चरा भएछ
तिमीले बुन्दै गरेको प्रेमको स्वीटर ।
र आँखाको नानीभित्र छोडिएछ
कुरुसजस्तो स्मृति
हुनसक्छ यसैको प्रतापमा
झरिरहेछ
यो अमौसम झरी
स्निग्ध आकाशको लयबाट।।
वा झरेको हुनुपर्छ झरी
दुख जस्ता बादलको संगीतबाट ।
भेट भएछ भने गुराँसको पातमा लेखिदिनु
राता अक्षरको सलामी ।
अनाम युद्धमा हिडिरहनु जस्तो
आत्माप्रवन्चनमा रमिरहनु जस्तो
नहुने रहेछ
झरीको ओसिलो यात्रा ।।

यज्ञ प्रसाद न्यौपाने ‘ दिपक ‘

सम्बन्धित् समाचार