गृहपृष्ठ कला/साहित्य सरुभक्तलाई राष्ट्रिय मुक्तक पुरस्कार

सरुभक्तलाई राष्ट्रिय मुक्तक पुरस्कार

प्रकाशित मिति:

रामहरी अधिकारी, पोखरा

संगीत तथा नाट्य प्रज्ञा प्रष्ठिानका कुलपति तथा पोखरेली साहित्यकार सरुभक्तलाई राष्ट्रिय मुक्तक पुरस्कार अर्पण गरिएको छ । साहित्यकारविष्णु अल्पविरामद्वारा स्थापित एवं मुक्तक मञ्च पोखराद्वारा सञ्चालित राष्ट्रिय मुक्तक पुरस्कार २०७४ बाट सरुभक्त पुरस्कृत भएका छन् । नेपाली मु्क्तकको विकास र लेखनमा र्पुयाएको महत्वपूर्ण योगदानको उच्च कदर गर्दै प्रत्येक दुई वर्षमा प्रदान गरिने राष्ट्रिय मुक्तक पुरस्कार सरुभक्तलाई अर्पण गरिएको हो ।

उपन्यास, कविता, नाटक, गीत, गजल, उपन्यास र कथाका तीन दर्जनभन्दा बढी कृतिका लेखक सरुभक्तको पहिलो कृति ‘बन्द खामभित्र’ २०३५ पोखराकै पहिलो मुक्तक संग्रहको रुपमा मानिन्छ । उनका हजार बुद्धहरु २०६१ र प्रेमयात्रा २०६७ सहित तीन मुक्तक संग्रह प्रकाशित छन् ।

प्रदेश प्रमुख बाबुराम कुँवरले सरुभक्त नेपाली साहित्यकै एक मानक भएको बताए । सरुभक्तका उपन्यासदेखि विभिन्न साहित्यसँग आफु नजिक रहेको बताउँदै कुँवरले पुरस्कारै प्रदान गर्न पाउँदा खुसी लागेको बताए ।

 

कवि तीर्थ श्रेष्ठले सरुभक्त अरुले नहिँडेको बाटो हिँड्न सक्ने साहित्यकार भएका भन्दै चालु शैली र विषयमा नभई भिन्नभिन्न र अर्काले उत्खनन् नगरेको विषय लेख्ने साहित्यकार हुन भनि बताए । कवि श्रेष्ठले भने, हाम्रो पुस्ताको देवकोटा भनेको सरुभक्त हो ।’

स्रस्टा छनोट समितिका संयोजक दीपक समीपले पोखरेली मुक्तकको जग बसाल्नेदेखि नेपाली साहित्यमै योगदान र्पुयाएका सरुभक्तलाई सम्मान गर्न पाउनु संस्था आफैं सम्मानित भएको महसुस आफुले गरेको बताए ।

पुरस्कार स्थापना गर्ने मुक्तककार अल्पविरामले सरुभक्तजस्ता व्यक्तिलाई सम्मानित गरेर निरन्तर पुरस्कारको ओज राख्दै जानुपर्ने बताए । सम्मानित सरुभक्तले आज आफ्नै आँगनमा सम्मानित हुन पाएकोमा गौरवान्वित भएको बताए

मञ्चका अध्यक्ष प्राञ्जलले  मुक्तक मञ्चले १ दशक भन्दा बढी समय देखि मुक्तकको उत्थानका लागि भुमिका खेल्दै आएको र आगामी दिनमा अझ सृजनशिल तरिकाले अगाडी बढ्ने बताए । र यस्ता कार्यक्रमले मुक्तकको इतिहासमा इट्टा थप्ने विश्वास लिएको बताए । उनले थपे – हामी मुक्तक लाई नेपाली वाङ्मय  विशिष्ट स्थानमा उभ्याउन हरपल लागिरहन्छौं । 

सरुभक्तको पागल बस्ती उपन्यासले २०४८ को मदन पुरस्कार प्राप्त गरेको थियो । यो पुरस्कारबाट यसअघि कृष्णप्रसाद पराजुली र रत्नशम्शेर थापा सम्मानित भइसकेका छन् । २२ हजार २ सय २२ रुपैयाँ, ताम्रपत्र र दोसल्लासहित प्रदेश ४ का प्रमुख बाबुराम कुँवरले सरुभक्तलाई पुरस्कार अर्पण गरे ।

सम्बन्धित् समाचार