गृहपृष्ठ खबर प्रदेश ४ कै पहिलो प्राविधिक महाविध्यालय देवचुलीमा

प्रदेश ४ कै पहिलो प्राविधिक महाविध्यालय देवचुलीमा

प्रकाशित मिति:

 जेष्ठ -२९,आदर्श सुशील,नवलपुर                                                                                                                           नवलपुरको देवचुली नगरपालिकामा प्राविधिक महाविध्यालय स्थापना गर्न तदर्थ समिति गठन गरिएको छ । विध्यालयको प्रांगढ़मा सोमबार जनज्योति आदर्श बहुमुखी क्याम्प  सका अध्यक्ष प्रा.डा.मोहनीलाल भुसालको अध्यक्षतामा बसेको बैठकले मोहनीलाल भुसाल कै संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति निर्माण गरेको छ । जसको सहसंयोजकमा तिलप्रसाद काफ्ले,सचिब श्याम शर्मा भुसाल र सदस्यहरुमा उधोग बहादुर श्रेष्ठ,हरिभक्त भट्टराई,केशर बहादुर आले,मोतीलाल अधिकारी,गोमा घिमिरे दवाडी र इश्वरी न्यौपाने रहनुभएको छ । यसैगरी सल्लाहकार समितिमा माननीय सांसद प्रा.डा शशांक कोइराला,तिलक महत,सत्यनारायण खनाल,बिनोद चौधरी,कृष्ण चन्द्र नेपाली,रोशन बहादुर गाहा,विष्णु लामिछाने,जनकलाल श्रेष्ठ,ओमकला गौतम ,लक्ष्मी सुनार र पूर्णकुमार श्रेष्ठलाई चयन गरेको छ । बैठकले प्रस्ताविक प्राविधिक महाविध्यालयलाई जनज्योति प्राविधिक महाविध्यालयको नामबाट सन्चालन गरिने निर्णय गरेको छ ।

यसैगरी बैठकले जनज्योति मावि र कलेजले २५ हजारका का दरले अनुदान सहयोग दिई ५० हजारको अक्षय कोष स्थापना गरि आर्थिक सहयोगका लागि आवश्यक ठाउमा अनुरोध गर्ने निर्णय गरेको छ ।

साथै आजको बैठकले देवचुली १० को प्रकृति चोकमा देवचुली १५क वडाध्यक्षले बोर्ड राख्ने र भवन निर्माण स्थलमा देवचुली १० का वडाध्यक्षले बोर्ड राख्ने निर्णय गरेको छ । प्रस्तावित प्राविधिक महाविद्यालयको कोष सन्चालनका लागि तदर्थ समितिका संयोजक प्रा.डा.मोहनीलाल भूसाल र सदस्य मोतीलाल अधिकारीको संयुक्त दस्तखतको व्यक्तिगत खाता खोली हिसावकिताब को जिम्मा मोतीलाल अधिकारीलाई दिने समेत सो बैठकले निर्णय गरेको छ । यसैगरी सोहि बैठकले प्रस्तावित प्राविधिक महाविद्यालयको नजिकै सिद्धबाबा ग्यास उद्योग र सो उद्योगले शैक्षिक क्रियाकलाप गर्न वातावरणीय असहजता हुने भएकाले सो ग्यास उधोगलाई अन्यत्र व्यवस्थापन गर्न देवचुली नगरपालिकालाई अनुरोध गरि पत्र पठाउने समेत निर्णय गरेको छ । बैठकलाई समापन गर्दै अध्यक्षता गर्नुभएका प्रा.डा. मोहनी लाल भुसालले आफुहरुले प्रदेश ४ कै पहिलो प्राविधिक महाविध्यालय नवलपुरमा स्थापना गर्न प्रस्ताब मात्रै गरेको तर यहाँ प्राविधिक महाविध्यालय स्थापना गर्न नवलपुरका माननीय सांसदहरुले पहल गर्नु पर्ने बताउनु भयो । बैठकमा जनज्योति माध्यमिक बिध्यालय,जनज्योति आदर्श बहुमुखी कलेजको व्यवस्थापन समिति र जनज्योति आदर्श बहुमुखी कलेजको संचालक समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित् समाचार