भारतीय बजारवाट भित्रीएका नक्कली रसायनिक मल तथा हाइब्रेड विउहरुको कालोवजारीवाट किसानहरु गठीएको हुदा नक्कली मल तथा धानको विउहरुको बजार अनुगमन गरि कारवाहीको माग गर्दै जिल्ला स्थित मानवअधिकार निगरानी समुहले प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई जेठ ३० गते ज्ञापनपत्र बुझाएका छन । मानवअधिकार निगरानी समुहका जिल्ला संयोजक पुष्पा रेग्मी एव निगरानी समुहका सदस्य एव गैरसरकारी संस्था महांसघका अध्यक्ष प्रविण श्रीवास्तव ,नियोगका अध्यक्ष पशुपतिमणी त्रिपाठी, इन्द्रेणी ग्रामिण विकास केन्द्रका प्रतिनिधि मनोज पन्थी, अपागं उत्थान समाजकाका उपाध्यक्ष ओरीराम चौरसिया ,मानवअधिकारका लागी युवा मञ्च सदस्य पार्वती आर्चाय ,मानवअधिकार निगरानी समुह तिलौराकोटका संयोजक भोजराज खनाल एव इन्सेक सहजकर्ता नन्दराम पौडेल सहितको टोलिले प्रमुख जिल्ला अधिकारीलाई भेटी कृषि सगं सम्बन्धीत समस्याका बारे जानकारी गराउनुको साथै नक्कली रसायनिक मल सहित ज्ञापन पत्र बुझाएका थिए ।
निगरानी समुहले विउ मलमा भएको कालो वजारी नियन्त्रण गर्न , तरकारी ,फलफुल लगाएत खाध्य वस्तुमा राखिने विषाधीको चेकजाचं लगाएतका विषयको माग गर्दै ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भुजेलले तत्काल जिल्ला कृषि कार्यालय प्रमुखलाई बोलाई नक्कली रसायिक मलको गुणस्तर चेकको लागी निर्देशन दिनुको साथै सो विषयमा छलफलका लागी राजनैतिक दल, स्थानीय तहका प्रमुख सगं छलफल गरि भारतवाट आउने नक्कली मलको नियन्ण गर्ने प्रतिबद्ध्रता जनाउनु भएको छ । । साथै गाँउगाँउमा ल्याउने नक्कली रसायनिक मल खरिद नर्गन समेत किसानहरुलाई आग्रह गर्नु भएको छ । अन्य कृषि सगं सम्बन्धीत समस्या हल गर्न बताउनु भएको छ ।
मानवअधिकार निगरानी समुहद्धारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैबाणगंगामा एकैदिन २ अटो रिक्साका ब्याट्री चोरी
३ घण्टा अघि
बागलुङमा सरकारी गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु
११ घण्टा अघि