गृहपृष्ठ खबर कपिलवस्तुमा मुल्यबृद्धि फिर्ताको बिरोधमा पुत्ला दहन । बिद्यार्थी नेता र प्रहरीबिच हात हालाहाल

कपिलवस्तुमा मुल्यबृद्धि फिर्ताको बिरोधमा पुत्ला दहन । बिद्यार्थी नेता र प्रहरीबिच हात हालाहाल

प्रकाशित मिति:

अशोक पौडेल
जितपुर(कपिलवस्तु) ३१ जेठ ।
सरकारले पेट्रोलियम पदार्थको मूल्य बृद्धी गरेको विरोधमा नेपाल विद्यार्थी संघले तौलिहवामा रहेको नेपाली काग्रेसको पार्टी कार्यालय देखि प्रशासन कार्यालय अगाडीसम्म नारा जुलुस लगाउदै पुत्ला दहन गरेको छ । मुल्य बृद्धिकोबिरोधमा प्रधानमन्त्री केपि ओलीको पुत्ला दहन गरिएको नेबिसघंका जिल्ला सभापति राकेश पाण्डेले जानकारी दिए । पुत्ला दहनमा प्रहरीले हस्तक्षेप गरेपछि प्रहरी र बिद्यार्थी नेता तथा तरुण दलका नेताहरुबिच हात हालाहाल भएको भएको थियो । पेट्रोलिय पदार्थमा गरिएको मुल्य बृद्धिको बिरोधमा पुतला दहन गरेर बिरोध जनाएका हुन । गएको हप्तादेखि चरणबद्ध आन्दोलन गरिरहेका विद्यार्थीहरुले सदरमुकाम तौलिहवामा नारा–जुलुस सहित मूल्यवृद्धिको विरोध गरेका हुन् । अहिलेको सरकारले पेट्रोलियम पदार्थ लगायत खद्यान्न बस्तुको मूल्य बढाएको र मूल्यवृद्धिको कारण महङ्गीले सर्वसाधारण नागरिको ढाड सेकेको भन्दै आफूहरुले आन्दोलन गर्नुपरेको नेविसंघका सह महामन्त्री प्रकाशघिमिरेले बताए । यदी सरकारले मुल्यबृद्धिको यो निर्णय फिर्ता नलिए चरणबद्ध आन्दोनलमा अव तरुण दलनै लाग्ने तरुण दलका जिल्ला सभापति खोम बहादुर सिहं शतिm ठकुरीले बताए । सो अवसरमा नेबिसघं जिल्ला उपसभापति शंकरप्रसाद न्यौपाने, क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेल, बाणगंगा क्याम्पस स्वबियु सभापति माधव पौडेल लगायतले पुत्ला दहनपछिको कोणसभामा आआफनो धारणा राखेका थिए ।

कोणसभामा बोल्दै नेबिसघं सहमहामन्त्री प्रकाश घिमिरे

कोणसभामा तरुण दल जिल्ला सभापति खोम बहादुर सिहं ठकुरी सिहं

 

 

सम्बन्धित् समाचार