प्रदेश सरकार प्रदेश नः५ का मुख्यमन्त्री शकंरप्रसाद पोखरेलले चुरे क्षेत्र बचाउन आवश्यक रहेको बताएका छन । चौथो राष्ट्रीय राष्ट्रपति चुरे संरक्षण दिवसको अवसरमा कपिलवस्तुको बाणगंगा नगरपालिकाको शिव मन्दीर सामुदायिक बनद्धारा आयोजित कार्यक्रममा मुख्यमन्त्री पोखरेलले यस्तो बताएका हुन । चुरे क्षेत्र संरक्षण गर्नु सबैको लागी चुनौतीको बिषय बन्दै गएको अवस्थामा यस क्षेत्रलाई थप सक्षरणका लागी प्रदेश सरकारले पनि आफनै निति तथा कार्यक्रम ल्याउने बताएका छन । बन डढेलोका कारण बन बिनास हुने क्रम बढेकोले यसलाई नियन्त्रण गर्न नगरपालिका र गाउपालिकासग समन्वय गरी अगाडी बढनेमा समेत उनले जोड दिएका थिए । सो अवसरमा प्रदेश सभा सदस्य बिष्णु पन्थी र राम जि घिमिरे चुरे क्षेत्र बचाउन सुरुमा हरीयाली बढाउन तर्फ लागी बन बिनासलाई घटाउदै अगाडी बढन आवश्यक रहेकोमा जोड दिएका थिए । साथै कार्यक्रममा बाणगंगा नगरपालिकाका मेयर मगंल प्रसाद थारु, शितगंगा नगरपालिकाका मेयर सुर्य अधिकारी लगायतले समेत चुुरे क्षेत्र बचाउन यस क्षेत्र आसपासमा नदिजन्य पदार्थ ठेक्कामा समेत ध्यान दिन आवश्यक रहेको बताए । कार्यक्रममा चुरे क्षेत्र बचाउ, हरीयाली बनाउ सहितको झाकी ¥याली समेत निकालिएको थियो कार्यक्रममा ५ बढि सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
चुरे क्षेत्र बचाउन आवश्यक ः मुख्य मन्त्री
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैनारायणगढ–बुटवल सडकखण्ड : सडक क्षेत्रमै फल्यो धान
४० मिनेट अघि
फूलपातीबाट त्रिपक्षिय भिडन्त
१ घण्टा अघि
आज कात्यायनी देवीको पूजाआराधना गरिँदै
१ घण्टा अघि
क्रमशः मनसुन कमजोर हुँदै
१ घण्टा अघि