साप्ताहिक राशिफल
असार ३ देखि ९ सम्म
मेष
कर्मक्षेत्र बलियो भएर जानेछ। आटेताकेका कामहरु पूरा हुनेछन्। छोटा यात्राहरुको संभावना रहेको छ भने धार्मिक क्रियाकलापमा मन जानेछ। सुरुका दिनहरुमा जिम्मेवारी बढेको अनुभव हुनेछ भने व्यस्तताले थकानको महसुस हुनेछ। साताको अन्तिमतिर भाग्यले साथ दिनेछ।
वृष
जोस र जागर बढ्नेछ। पराक्रमले कामहरुमा सफलता मिल्नेछ। नयाँ योजना वा सोचको बिकासले मन प्रफुल्लित गराउनेछ भने कुनै समारोह वा कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ। साथीहरूसँग मेलमिलाप तथा सगै रहने मौका मिल्नेछ। साताको मध्यतिर पढाईमा प्रगति एवं प्रेममा सफलता मिल्नेछ। अन्तिमतिर केही बाधा अवरोध आउन सक्छ, स्वस्थमा केही ख्याल राख्नुहोला
मिथुन
आफ्नो व्यवसायबाट राम्रै लाभ मिल्नेछ। कुनै बहस वा बिबादले समय ब्यर्थ हुन सक्छ, आफ्नो समयलाई भने सदुपयोग गर्नुहोला। कुटुम्बसग भेट्घाट गर्ने अवसर मिल्न सक्छ। जोस र जागर बढ्नेछ भने केही यात्राका पनि प्रवल संभावनाहरु रहेका छन्। आवश्यक परेको खण्डमा साथ एवं सहयोग मिल्नेछ। गीत, संगीत एवं मनोरञ्जनमा समय ब्यतित हुनेछ भने प्रेम सम्बन्ध सुधार हुनेछ।
कर्कट
मानसम्मान मिल्ने योग रहेको छ। प्रारम्भिक दिनहरुमा नसोचेका अवसरहरु आउन सक्छन् भने महत्त्वपूर्ण ब्याक्तित्वहरुसँगको भेटघाटले मन हर्षित हुनेछ। नयाँ सोचले थप उर्जा एवं आशा थपिनेछ भने मनमा शंका एवं त्रासले पनि सताउन सक्छ। धनार्जन एवं वचतको लागि राम्रो साता रहेको छ, ब्यांकिङ्ग सेक्टरसँग सम्बन्धित कारोबारको लागि उपयोगी समय रहेको छ। केही साना यात्राहरु हुन सक्छन्। दाहिने अङ्गमा चोट आदिको भय रहेको छ अलिक सावधानीका साथ अघि बढ्नुहोला।
सिंह
वैदेशिक यात्राको लागि गरिएका कार्यहरू बाट सफलता प्राप्त हुनेछ। खर्च भने अरु दिनहरु भन्दा अधिक हुनसक्छ, लेनदेनको व्यवहार प्रारम्भिक दिनमा नगर्दा नै राम्रो मान्न सकिन्छ साताको मध्यतिर आफ्नो ब्यक्तिव बिकास हुँदै जानेछ भने नयाँ आशाहरु थपिनेछन्। नसोचेको आफन्तसँग भेट हुने मौका मिल्नेछ।
कन्या
साताको प्रारम्भमा गरेको व्यापार एवं व्यबसायबाट राम्रै लाभ मिल्नेछ भने साताको मध्यतिर नसोचेको खर्च गर्नुपर्ने हुनेछ। मनमा केही कुरालाई लिएर द्वुबिधा उत्पन्न हुन सक्छ। कुनै पनि कुरालाई सोचविचार नगरि निर्णय गर्दा पछि पछुताउनुपर्ने हुन सक्छ। साताको अन्त्यतिर समय सुधार हुँदै जानेछ।
तुला
काममा बोझ थपिनेछ भने नेतृत्वदायी जिम्मेवारीहरु पनि थपिनेछन्। सरकारी एवं प्रशासनिक कामहरुमा सफलता मिल्नेछ। समय कसैको प्रतीक्षामा बित्नेछ भने केही ढिलासुस्तीले मनमा झन् आलस्यता बढ्नेछ। आयका स्रोतहरु खुल्नेछन् भने केही खर्चको सामना पनि गर्नुपर्ने हुनेछ।
वृश्चिक
तिर्थस्थलहरुको यात्रा गर्ने एवं धार्मिक तथ मांगलिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। आटेका कामहरु पूरा हुनेछन् भने राजनैतिक त्थ विशिष्ट ब्यक्तिहरुको संपर्कले केही नयाँ कार्यमा प्रेरणा मिल्नेछ। आयका स्रोतहरु बढ्नेछन् भने गरिरहेको ब्यवसायबाट पनि सफलता मिल्नेछ।
धनु
केही चोटपटक एवं स्वस्थमा गडबडी हुन सक्छ। खानपिनलाई संतुलन राख्नुहोला। भाग्यले साथ दिनेछ भने मिहेनत पश्चार गरेका कामहरूबाट सफलता मिल्नेछ। अबरोध गर्न आउनेहरुले अल्लि अप्ठ्यारो गराउन सक्छन्, सावधानी अपनाउदा नै राम्रो होला। खोज अनुसन्धानको विषयमा रुचि बढ्नेछ।
मकर
मनमा चञ्चलता बढ्नेछ। साझेदारीको कामगरुमा होसियारी अपनाउनुहोला। जीवनसाथीबाट आवश्यक साथ र सहयोगले अप्ठ्यारा परिस्थितिहरु पनि सजिला हुनेछन्। पेटको समस्या एवं शारीरिक अस्वस्थाको कारण छट्पटी भने बढ्न सक्छ। यात्रा गर्दा अल्लि नियन्त्रण गर्नुहोला।
कुम्भ
बिरोधि हरु बढ्नेछ्न्। पढाईमा प्रगती हुनुका साथै कलाको विकास पनि हुनेछ। मनमा उर्जा एवं आशा थपिनेछ। बेकारको बिबादमा अल्झिदा समय ब्यर्थ हुन सक्छ अल्लि होसियारी गर्नुहोला। प्रतिस्पर्धा हरु बढ्नेछ्न् ।
मीन
मनमा अनेक तर्कहरु आउनेछ। गहिरो चिन्तनले भावुकताको विकास हुनेछ। संतानहरुबाट शुभ समाचारहरु सुन्न पाईएला। प्रेम सम्बन्ध राम्रो हुँदै जानेछ भने सोचविचार राम्रो हुँदै जानेछ।
यू ज्यो राजकुमार आचार्य
9846514305