वैखरी असार ४
काठमाडौं। एनएमबी बैंकले निष्काशन गरेको एफपिओमा ४५ प्रतिशत मात्रै आवेदन परेको छ।
बैंकको एफपिओ छिटोको अवधिमा ५५ प्रतिशतको लागि माग नपरेपछि बैंकले विवरणपत्र अनुसार सोमबारदेखि सर्वसाधारणसहित अन्य संस्थागत लगानीकर्ताले पनि आवदेन दिन पाउने व्यवस्था गर्न लागेको हो।
आइतबारसम्ममा ५१ हजार आवदेकबाट एक अर्ब ७२ करोड रुपैयाँको आवेदन परेको हो। बैंकहरुबाट सम्पूर्ण आवेदन सिस्टममा अध्यावधिक गर्न केहि समय लाग्ने भएकाले अझै बढ्न सक्ने बिक्री प्रवन्धक नागरिक लगानी कोषका इन्भेष्टमेन्ट म्यानेजर रोशनजंग कार्कीले जानकारी दिए।
तीन अर्ब ८० करोड रुपैयाँको एफपिओ निष्काशन भएको थियो।बैंकले ढिलोमा असार २८ गतेसम्म बिक्री खुला गर्न पाउने भए पनि सोमबारबाट माग अनुसारको आवेदन पर्ना साथ बिक्री बन्द हुनेछ।
स्रोत http://bizmandu.com