काठमाडौं, ४ असार-विश्वकपको पाँचौं दिन आज तीन वटा खेलहरु हुने भएका छन्। आज समूह ‘एफ’ को १ तथा समूह ‘जी ’ का दुई खेल हुने भएका हुन्। आज समूह ‘एफ’ अन्तर्गत पहिलो खेल स्विडेन र कोरिया भिड्ने भएका छन्।
फिफा बरियतामा २४ औं स्थानमा रहेको स्विडेनले ५७ औं स्थानमा रहेको एशियाली राष्ट्रसँग प्रतिस्प्रर्धा गर्न लागेको हो। यो खेल नेपाली समयअनसार बेलकी ५ बजेर ४५ मिनेटमा शुरु हुने छ।
आजको दोस्रो खेलमा विश्वकपको डार्क हर्स बेल्जियम र पानामा पनि भिड्दैछन्। पानामाले पहिलो पटक विश्वकप खेल्न लागेको हो। फिफा बरियताको तेस्रो स्थानमा रहेको बेल्जियम ५५ औं स्थानमा रहेको पानामाबीचको खेल बेलकी ९ बजेर ४५ मिनेटमा शरु हने छ।
त्यस्तै आजको अन्तिम खेलमा ट्यनिसिया तथा इंग्ल्याण्डबीच हुन लागेको हो। फिफा बरियतामा २१ औं स्थानमा रहेको ट्युनिसियाले १३ औं स्थानमा रहेको इंग्ल्याण्डसँग प्रतिस्प्रर्धा गर्न लागेको हो।