गृहपृष्ठ मनोरञ्जन दयाहाङको ‘भैरे’ ट्रेलर सार्वजनिक

दयाहाङको ‘भैरे’ ट्रेलर सार्वजनिक

प्रकाशित मिति:

वैखरी ,काठमाडौं                                                                                                                                                            दयाहाङ राई स्टारर फिल्म ‘भैरे’को ट्रेलर रिलिज भएको छ। सोमबार राजधानीमा एक कार्यक्रमको आयोजा गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा कमेडी, रोमान्स र एक्सनलाई देख्न सकिन्छ। साउन ४ गतेबाट प्रदर्शनमा आउने यस फिल्ममा दयाहाङसँगै सुरक्षा पन्त, बुद्धि तामाङ, वर्षा सिवाकोटी, विक्रान्त बस्नेत र अनुभव रेग्मीको मुख्य भूमिका रहेको छ। एभरेष्ट सूर्य बोहराको लेखन र निर्देशन रहेको यस फिल्मको निर्मातामा प्रेमप्रसाद पौडेल र देवीमाया अधिकारी छन्। करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार बस्नेत फिल्मका सहनिर्माता हुन्। ‘नेपालय सिनेमा इन्टरनेसनल’द्वारा निर्मित यस फिल्मका कार्यकारी निर्माता लेखबहादुर पुन हुन्। निर्देशक बोहराकै कथा समावेश यस फिल्ममा वसन्त सापकोटा र यम थापाको संगीत, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ। पुरुषोत्तम प्रधानले खिचेको फिल्मलाई वनीष शाहले सम्पादन गरेका छन्।

हेर्नुहोस् ट्रेलर :

 

सम्बन्धित् समाचार