गृहपृष्ठ खबर पाउडर दूधको आयात बन्द -मन्त्री खनाल

पाउडर दूधको आयात बन्द -मन्त्री खनाल

प्रकाशित मिति:

काठमाडौं । भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले पाउडर दूधको आयात बन्द गर्ने बताएका छन् । उद्योगीले सस्तोमा पाउडर दूध किनेर किसानको कच्चा दूध नकिन्ने प्रवृत्ति बढाएको पाइएपछि केही समयका लागि पाउडर दूध आयात बन्द गर्न लागेको उनले बताए ।

सोमबार मन्त्रालयमा उद्योगी, किसान र नियमनकारी निकायलाई राखेर मन्त्री खनालले पाउडर दूध किन्ने प्रवृत्ति बढ्दा किसानको दूध बिक्री हुन नसकेको बताए । डेरीले दूध किन्न छाडेपछि किसानले सडकमा दूध पोखेर विरोध जनाइरहेका छन् । मन्त्री खनालले स्वदेशमै पाउडर दूध उत्पादनका लागि उद्योगलाई सहयोग गर्ने आश्वासन पनि दिएको नयाँ पत्रिका दैनिकले लेखेको छ ।

सम्बन्धित् समाचार