काठमाडौं । सेनेगल, रुस विश्वकपमा जित हात पार्ने पहिलो अफ्रिकन टिम बनेको छ । यद्यपि उसले पोल्याण्डमाथि हात पारेको २–१ को जित भने विवादरहीत रहेन ।
सेनेगलको दोस्रो गोल विवादित छ । चोटका कारण केहीबेर बाहिर रहेका एमबाए निएन्ज भर्खर मैदान छिरेका थिए । मिडफिल्डबाट आएको लामो पासमा उनले पोल्याण्डका गोलकिपरलाई बिट गर्दै खाली पोष्टमा गोल गरे ।
पोल्याण्डका खेलाडीहरु भने आश्चर्यमा परे । उनीहरुले रेफ्रीसामू विरोध पनि गरे । तर, उनीहरुको कुरा सुनुवाइ भएन ।
यसअघि खेलको पहिलो हाफमा सेनेगलले उपहार गोलबाट अग्रता लिएको थियो । इड्रिसा गुएइको प्रहार पोल्याण्डका खेलाडी सिनाकको खुट्टामा लागेर गोलमा परीणत भएको थियो ।
खेलको अन्त्यतिर पोल्याण्डका ग्रजर्ज क्रेचोयाकले गोल गरेपनि टोलीको हार टार्न सकेनन् ।
रुस विश्वकपमा खेलिरहेका चार अफ्रिकन देशमध्ये इजिप्ट, मोरक्को र ट्युनिसियाले पहिलो खेलमा हार व्यहोरेका थिए । तर, दोस्रो पटक विश्वकप खेलिरहेको सेनेगलले जित निकाल्यो ।
हेरौ भिडियो: