गृहपृष्ठ खबर वाणगंगा नगरकार्यपालिकाको बैठक सम्पन्न

वाणगंगा नगरकार्यपालिकाको बैठक सम्पन्न

प्रकाशित मिति:

वाणगंगा नगरकार्यपालिकाको बैठक सम्पन्न भएको छ । बैठकले असार १० गते बैठक वडा नं.७ को वडा कार्यालय मोतिपुरमा तेस्रो नगरसभाको शुभारम्भ गर्ने निर्णय गरेको छ । यो नगरसभाले आर्थिक बर्ष २०७५, ७६ मा नगरपालिकामा लागु हुने गरि निति कार्यक्रम तथा बजेट पारित गर्ने नगरपालिकाले जनाएको छ । त्यस्तै नगरभित्र नगरपालिकाको बिना स्वीकृति भवन निर्माण गर्ने, सार्वजनिक काम भईरहेकाले सो कार्य रोक्न सबैलाई अपिल गर्ने उक्त कार्यमा अटेरि गर्ने गरेमा दण्ड तथा सजाय गर्ने निर्णय गरेको छ । नगर भित्र क्रियाशिल एन. जि. ओ. आई. एन.जि.ओ. लाई यहि असार ९ गते भित्र आफ्ना कार्यक्रमहरु पेश गर्न जानकारि गराउँने निर्णय गरिएको छ । यसैबिच श्रावण १ गतेदेखि वाणगंगा नगरपालिकाले एकिकृत सम्पति कर लागु गर्ने भएकाले असार मसान्त भित्र मालपोत लगायत अन्य करहरु नगरपालिकामा बुझाउँन नगरपालिकाले नगरवासिहरुलाई अनुरोध गरिएको नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले जानकारि दिनुभयो ।

सम्बन्धित् समाचार