गृहपृष्ठ खबर कपिलवस्तुको बाणगंगा नगरपालिकामा काठ तस्करीका घटना बढदै

कपिलवस्तुको बाणगंगा नगरपालिकामा काठ तस्करीका घटना बढदै

प्रकाशित मिति:

कपिलवस्तुको बाणगंगामा नगरपालिकामा रातको समयमा काठ तस्करीका घटना बढदै गएका छन । काठ तस्करीका घटना बढेपछि ईलाका बन कार्यालय पिपरा र यस क्षेत्रका सामुदायिक बनहरुमा काठ तत्करी नियन्त्रणका लागी हाल आएर बनहरु सक्रिय भएका हुन । यसैबिच बाणगंगा नगरपालिका वडा नः २ गोबडिहवामा रहेको नव जागृति सामुदायिक बनमा इर्लाका बन कार्यालय पिपराको नियमित गस्तीका क्रममा यही बुधबार काठ तस्करी भएको फेला परेको छ । २ वटा सालका रुख तस्करहरुले रातको समयमा तस्कर गरी लगेको ईलाका बन कार्यालयका प्रमुख खिल बहादुर तामाङले बताए । पछिल्लो समय काठ तस्करहरु सक्रिय भएको स्वीकार गर्दै ईलाका बन कार्यालयका प्रमुख तामाङले सबै सामुदायिक बन यस प्रति सचेत हुन समेत आग्रह गरेको छन । करिव सय क्युफिट बराबरको काठ रातको समयमा काठ तस्करहरुले चोरेको पाइएपछि यसलाई नियन्त्रण गर्न बन हेरालु र कार्य समिति भित्र जिम्मेवारी बाडफाड गरीएको नव जागृति सामुदयिक बनका कोषाध्यक्ष तिलक पहराईले जानकारी दिए ।

हालै कपिलवस्तु जिल्लाको कोठी सिमाना नजिक बनबाट काठ तस्करले काठ तस्कर गरी रुपन्देही लैजाने क्रममा १ जना तस्कर प्रकाउ परेका थिए भने सोही घटनामा संलग्न कपिलवस्तु बनकट्टीका राम बहादुर मगर प्रकाउ परि ५० हजार धरौटीमा रिहा भएका थिए । त्यस्तै ८ वटा मोटर साइकल सहित लालमटिया सामुदायिक बन बाणगंगा २ बाट प्रकाउ परेका थिए । सो समयमा दुवै पक्षबाट गोली फाइरिङ समेत भएको थियो । तस्करबाट करिव ३० क्युफित काठ बरामद समेत भएको थियो । पछिल्लो समय काठ तस्करहरु सक्रियभएपछि हाल आएर ईलाका बन कार्यालयले रातको समयमा आफनो गस्तलाई बढाएको छ ।

सम्बन्धित् समाचार