कपिलवस्तुको बाणगंगा नगरपालिकाको वडा नः ८ बालापुरमा रहेको मायादेवि रगंशालाको लागी प्रशासनिक भवनको शिलन्यास गरिएको छ । नेपाल सरकार प्रदेश नः ५ का प्रदेशसभा सदस्य बिष्णु पन्थीले भवनको शिलन्यास गर्दै कपिलवस्तु जिल्लालाई खेलकुद क्षेत्रको बिकास लागी मायादेवि रगंशालाले ठुलो काम गर्ने बताएका छन । नियमित बजेटमा यो खेलकुद मैदान पर्ने भएकाले छिटो भन्दा छिटो खेलकुद मैदान बन्नेमा आफु बिश्वस्त रहेको उनले बताए । त्यस्तै नेपालमै गोल्ड मेडल जित्ने खेलाडी खेल आयोजना भएको समय बाहेक अरुबेला घरमा आइ मजदुरी गरी घरपरिवार चलाउनु परेको अवस्थालाई सरकारले यस प्रति गम्भीर भई ध्यान दिन आवश्यक रहेको खेलकुद जिल्ला बिकास समिति कपिलवस्तुका अध्यक्ष छवि रेश्मी मगरले बताए । उत्कृष्ट खेलाडीलाई आरक्षण दिई खेलकुदमा मात्र उनीहरुलाई केन्द्रीत गरे नेपाल बिश्वमै खेलाडीहरुको देशका रुपमा चिनिने उनले बताए । उतm भवन २० लाख लागतमा तयार हुने जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख मिन प्रसाद पोखरेलले जानकारी दिए ।
कपिलवस्तुमा मायादेवि रगंशालाको प्रशासनिक भवनको शिलन्यास




लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैयस्तो छ मंसिर ४ मा हुने निर्वाचनको कार्यतालिका
५२ मिनेट अघि
यस्तो छ आजको मौसम
१ घण्टा अघि
ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने
१५ घण्टा अघि