गृहपृष्ठ विविध भारी छुटका साथ पुस्तक प्रदर्शनी हुँदै

भारी छुटका साथ पुस्तक प्रदर्शनी हुँदै

प्रकाशित मिति:

वैखरी,रुपन्देही                                                                                                                                                            “गृह पुस्तकालय सन्तानलाई वरदान हाे” भन्ने मूल नाराका साथ पाठक, लेखक र प्रकाशककाे सहयाेग र सुझावमा बुटवलको मिलनचोकमा रहेको हिमालय बुक हाउसले अाफ्नै विक्रीकक्ष विशेष छुट सहित बिक्रीकालागि यहि अाषाढ ११ देखि १६ गतेसम्म ६ दिने पुस्तक प्रदर्शनीकाे अायाेजना गर्ने भएकाे छ । नेपाली, अंग्रजी र हिन्दी भाषाका साहित्य, कला, संस्कृति, इतिहास, धर्म लगाएत विविध समसामयिक विषयका पुस्तकहरू प्रदर्शनीमा रहने छन् । केहि अपवाद बाहेक अधिकाँश पुस्तकमा २० देखि ५० प्रतिशत सम्म छुटकाे व्यवस्था मिलाईएकाे हिमालय बुक हाउसले जनाएकाे छ ।

 

सम्बन्धित् समाचार