गृहपृष्ठ कला/साहित्य बिशेष रचना बाचन कार्यक्रम सम्पन्न

बिशेष रचना बाचन कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

दधि -स्मृति साहित्य समाज कपिलवस्तु नेपालको आयोजनामा कपिलवस्तुकोे बाणगंगा नगरपालिकाको चार नः जितपुरमा बिशेष रचना बाचन कार्यक्रम सम्पन्न भएको छ ।

सो अवसरमा साहित्यकार बिष्णु घर्ति भनभनेली, राघवेन्द्र कुमार श्रीवास्तव , केवि धुवाँले, बिष्णु विवश पोखरेल र अर्जुन शरका गजल र कविताले माहोल तातिएको थियो । चेतनशिल प्रतिष्ठान कपिलवस्तु, रोटरी क्लव अफ कपिलवस्तु मिडटाउन  र बाणगंगा सामुदायिक पुस्ताकालयको सहयोगमा भएको कार्यक्रममा  पाँच जना स्रष्टाका पाँच पाँच रचना गरि जम्मा पच्चीस वटा रचनाहरु वाचन गरिएका थिए  ।कार्यक्रममा  कुनै पनि मन्तव्यका कार्यक्रम नराखी दुई चरणमा कवि / गजलकारहरुले आफ्ना रचनाहरु वाचन गरेका थिए  तराईको प्रचण्ड गर्मिका बाबजुद पनि दर्शकहरूले खुब उत्साहित भएर कार्यक्रममा उपस्थिति जनाएका थिए ।

सम्बन्धित् समाचार