गृहपृष्ठ कला/साहित्य मन  परेको  मान्छेले  त, जे गरेनि राम्रो

मन  परेको  मान्छेले  त, जे गरेनि राम्रो

गोधुली साँझ  जुनेली, रातै प्यारो हजुर।
मनमुटु   जोडिएको, नातै  प्यारो हजुर।

मन  परेको  मान्छेले  त,  जे गरेनि राम्रो,
छोइरहने  सुकोमल,  हातै  प्यारो हजुर।

च्याटिङ्ग र भिडियोमा, मस्की रहनु भन्दा,
जमानाको प्रेमपत्रको, खातै प्यारो हजुर।

आखामा नाच्ने हजारौं छन् , मनमा बस्नेले,
सानु भनी  बोलाएको,  बातै  प्यारो हजुर।

न! छेक्न सक्यो उमेरले, न ! जाति वर्गले,
किन होला? मायालुको, जातै प्यारो हजुर।

✍ मन्जु सिलवाल (त्रिपाठी) धादिङ

सम्बन्धित् समाचार