
करिब एक दशक देखि विज्ञापन व्यवसायी तथा कलाकारको रुपमा काम गरिरहनु भएका शिरिर राणा ले निर्देशन गर्नुभएको तिमीसंग चलचित्र २०७४ चैत्र २३ गते शुक्रबार देखी नेपाल भर प्रर्दशन भैसक्यो ! । उक्त चलचित्र तिमीसंगका निर्देशक शिरिर राणासंग वैखरी डटकमका प्रतिनिधिले गरेको छोटोमिठो कुराकानी :
निकै व्यस्त देखिनुहुन्छ नी ?
हो नी फिल्म रिलिज हुदैछ, दौडा दौड छ ।
डेब्यु चलचित्र हो , कस्तो अनुभव गरिरहनु भएको छ ?
एकदम नर्भस्, तर चलचित्रका सबै टिमले राम्रो काम गरेका छौं सबैले आफ्नो सक्दो मेहेनतले काम गरेकोले त्यस्तो डर भने छैन, अनि तपाँइ जस्तै मिडियाका साथीहरुले पनि सपोर्ट गरिरहनु भएको छ । सबैको मेहेनतले चलचत्रि राम्रो बनेको छ अब दर्शकलाई कत्तिको मन पर्छ त्यो त शुक्रबारबाट नै थाहा हुन्छ ।
तिमीसंगमा खास कथा के उठाउनु भएको छ ?
हाम्रो देश पर्यटकिय क्षेत्र धेरै भएको देश हो, यहि विषयलाई चलचित्रमा समेटेको छु । यस चलचित्र हेरेर विदेशी पर्यटक अथवा नेपाल नआएका नेपाली सन्तानहरुले पनि एक पटक नेपाल नजिकबाट हेर्नुपर्छ भनेर आँउनेछन् ।
यो त अलि गम्भिर बिषय भएन र ?
धेरै नेपाली विदेशिएका छन् । उनीहरुका सन्तानहरुले नेपाल देखेकै हुदैनन् । नेपाल गरिब देश हो यहाँ राजनैतिक अस्थिरताले गर्दा पछि परेको छ यहाँ भष्टचार र लोडसेडिगं हुने देश भनेर चिन्छन् । तर यी सबै वेतिथथीका कुरा भन्दा पनि धेरै चिज नेपालमा हेर्न लायक छन है जस्तो यहाँका मान्छेको कोमल मन, हार्दिकता र मिलनसार वानी अनि यहाँको पर्यावरणीय क्षेत्रहरु जति हेरे पनि आँखामा नबिझाउने भएकोले यही विषयलाई चलचित्रमा उठान गरेको हो ।
पहिले देखिनै मिडियामा काम गरिरहनु भएको थियो तर यो चलचित्र बनाउँदा के कस्तो समस्याहरु आए ?
हो हामीले अत्यन्तै अप्ठयारो स्थान अन्नपुर्ण वेश क्याम्पमा चलचित्रको शुटिगं गरेका थियौं । घोडेपानी, पुनहिल जस्ता स्थानमा जहाँ गाडि जाँदैन तर हामीले आफ्नो समान आँफै बोकेर र शुटिंगको समान खच्चडलाई बोकाएर लगेका थियौं । त्यहाँ माथी पुगेर शुटिगं थालेपछि त्यहाँका स्थानियहरुले हामीलाई निकै सहयोग गर्नुभयो । काम गर्दा त्यस्तो गाहरो भएन तर अहिले फिल्म रिलिज गर्ने वेलामा भने निकै धपेडी भइरहेको छ ।
भने पछि चलचित्र रिलिज गर्ने वेला सम्म सजिलै भयो ?
होइन होइन चुनौतिहरु धेरै आए । तर त्यसलाई आफुले कसरी लिने भन्ने कुरा हो । चलचित्र वितरणको लागी काठमाडौंमा गोपाल कायस्थदाईले लिनुभएको छ र काठमाडौं बाहिर डि सि एन ले लिएको छ र हाइलाइट नेपालले पनि युटुयुब राइट र विदेश प्रर्दशनको लागी सम्झौता गरिसकेको छ त्यसैले सजिलै भइरहेको छ ।
चलचित्रले लगानि उठाउँछ भन्ने कत्तिको आश छ ?
राम्रो चलचित्र बनायो भने पक्कै पनि लगानि सेभ हुन्छ, राम्रो चलचित्रहरुले प्रशस्तै पैसा कमाएका पनि छन् र सबैभन्दा मुख्य कुरा त दर्शकले मन पराउन पर्यो । दर्शक भनेका हाम्रा भगवान हुन् र राम्रो चलचित्रलाई दर्शकले न्याय गर्छन् जस्तो लाग्छ ।