गृहपृष्ठ कला/साहित्य कफि र काफियामा प्रीतम र रविन

कफि र काफियामा प्रीतम र रविन

प्रकाशित मिति:

नवलपुर , आदर्श सुशिल

नवलपुरको देवचुलीमा शनिबार गजलका शेरहरुले माहोललाई मनोरञ्जनात्मक बनायो । सिर्जन साहित्य प्रतिष्ठानले आयोजना गरेको मासिक युगल गजल वाचन कार्यक्रम अन्तर्गत दशौं शृङ्खलामा युवा गजलकार रविन शर्मा चापागाईं र प्रीतम भुजेल प्रस्तुत भएका हुन् । कार्यक्रममा दुबै स्रस्टाले १०/१० गजल सुनाए । कार्यक्रमको शुरुआतमा रविन शर्मा प्रस्तुत भए ।

यता कुमारीहरु सन्तान जन्माउन बिबश हुँदा                                                                                                                    यता पत्रपत्रिकामा मुख्य समाचार भएको छ ।

चापागाईंले समसामयिक गजलहरु धेरै सुनाए । मानवीय संवेदना, देशप्रेम र माया पिरतीका गजल पनि उनले सुनाए । उनी सँगै प्रस्तुत भएका अर्का गजलकार प्रीतम भुजेलले पनि गजलका शेरहरु मार्फत उपस्थित स्रोताको ध्यान खिच्न सफल देखिए । समसामयिक सँगसँगै आमाको माया, विभेद, राष्ट्रियताका सवालमा लेखिएका गजल उनले सुनाए । सुस्ता खायो छिमेकीले हेर्छौ अझै कति सारिँदैछ साँध किल्ला फेर्छौ अझै कति भुजेलले छिमेकीको हेपाहा प्रवृत्तिलाई गजलका लयमा सुनाउँदा माहोल संवेदनशील देखिन्थ्यो । कार्यक्रममा प्रस्तुत भएका गजलका बारेमा कृष्णादेवी शर्मा, आदर्श सुशील लगायतले बोलेका थिए । कार्यक्रममा सुजन अधिकारी, सदानन्द जैसी, दीपक भट्टराई, अर्जुन अविरल, स्वतन्त्र नेपाल, भानुभक्त सापकोटा, विजय विश्वकर्मा, सरोज पाठक सुमन, सन्जय भट्टराई , सरोज उजाड ,लक्ष्मण भन्ताना, वसन्त भुजेल,सरू चापागाईं लगायत उपस्थित थिए ।

सम्बन्धित् समाचार