गृहपृष्ठ खेलकुद समूह ‘बी’मा स्पेन र पोर्चुगल

समूह ‘बी’मा स्पेन र पोर्चुगल

प्रकाशित मिति:

समूह ‘बी’को अन्तिम दुई खेल, तीन टोली नकआउट चरणमा प्रवेश गर्ने सम्भावना छ । अन्तिम खेल रोचक बन्ने फुटबल फ्यानहरुको अपेक्षा थियो । र, भयो त्यस्तै ।अर्को चरणमा पुग्ने अपेक्षा गरिएका दुई टोली स्पेन र पोर्चुगल नकआउट चरणमा पुगेका छन् । तर, बल्ल बल्ल ।समूह चरणको अन्तिम खेलमा पोर्चुगल र स्पेनले इरान र मोरक्कोसँग बराबरी खेल्दै अर्को चरणको यात्रा तय गरेका हुन् ।स्पेनले त दुई पटक गोलले पछि परेको स्थिति उल्टाउँदै हार जोगाउनुपरेको थियो ।हारबाट जोगिनुपर्ने खेलमा खालिद बोउतायिबले खेलको १४ औँ मिनेटमा गोल गर्दै स्पेनलाई स्तब्ध बनाएका थिए । तर, लगत्तै इस्कोले गोल गर्दै खेल बराबरी गरे ।उता, पोर्चुगलले पनि इरानविरुद्ध संघर्षपूर्ण जीत निकाल्यो । खेलको ४५ औँ मिनेटमा रिकार्डो क्वारेजमाले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।दोस्रो हाफमा पोर्चुगलले पेनाल्टी पाए पनि क्रिस्टियानो रोनाल्डोले त्यसलाई गोलमा परिणत गर्न सकेनन् ।खेलको अन्त्यतिर इरानले पेनाल्टी पाएपछि खेल नाटकीय मोडमा प्रवेश गर्यो । करिम अन्सरिफार्दले गोल गर्दै इरानका लागि बराबरी गरे ।

सम्बन्धित् समाचार