अपाङप्रति सबैको जिम्मेवारी रहेको एक कार्यक्रममा बतmाले जोड दिएका छन । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः ४ द्धारा गजेहडामा आयोजित कार्यक्रममा बोल्ने सरोकारवाला बतmा सबैले आफनो ठाउबाट अपाङका लागी के गर्न सकिन्छ भनि सोच्न आवश्यक रहेकोमा जोड दिएका हुन । कार्यक्रमका प्रमुख अथिति तथा वडा नः ४ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्रीले अपाङलाई निशुल्क शिक्षा र उनीहरुको अवस्था र क्षमता हेरी आयआर्जन गराउनमा अव वडासगै नगरपालिका पनि लाग्ने प्रतिबद्धता जनाएका थिए । त्यस्तै अपाङ उत्थान समाजका ढाकाराम अधिकारीले अपाङलाई सम्भव भएसम्म उपचार गरेर ठीक हुनेलाई उपचार गर्नमा प्राथमिकतासाथ दिन आवश्यक रहेको बताए । अपाङका समस्या उनीहरुको अवस्था र उनीहरुका अवसरका बिषयमा कपिलवस्तु जिल्लामा पत्रकारिताको तर्फबाट यहाँका पत्रकार सदैव लागेको र आगामीमा दिन सम्बन्धीत सघंसस्थासगै जनप्रतिनिधिलाई जवाफदेही बनाउन थप कलम चलाउने पत्रकार महासघं कपिलवस्तुकी अध्यक्ष पार्वति पाण्डे र पत्रकार अशोक पौडेलले समेत सो अवसरमा प्रतिबद्धता जनाएका थिए । वडा नः ४ भित्रका १० जना अपाङलाई ६० हजार बराबरको सिरक, डोसेना सहित बेडसेट प्रदान गरिएको थियो । कार्यक्रममा कृष्ण अधिकारी, राम प्रसाद ढकाल वडा सदस्य इन्दीरा पन्त लगायतले समेत आआफनो धारणा राखेका थिए । कार्यक्रममा ५० बढिको सहभागिता रहेको थियो ।
“अपाङ्गप्रति सबैको जिम्मेवारी छ”


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैटोप बहादुरको पक्षमा पनि हस्ताक्षर सङ्कलन
१२ घण्टा अघि
बाणगंगा नगरपालिकाको कुल बजेट खर्च ८२.९१ प्रतिशत
१४ घण्टा अघि
लुम्बिनी सरकारको बजेट खर्च ७२ प्रतिशत मात्र
१४ घण्टा अघि