गृहपृष्ठ कला/साहित्य कबिता -भर्जिन 

कबिता -भर्जिन 

प्रकाशित मिति:
भर्जिन 
**********
ओ मनुवा !
कुनै दिन त तिमीले मलाइ असाध्यै  मन परौँथ्यौ
हो कि होइन भन त ?

तिमिले  केश चलाउन खोज्छौ  भनेर
मैले झन मक्ख पर्दै मगमग बसाउने 
चमेलिको तेल लगाउथें 
तिमिलाइ भेट्ने दिन,

तिमिले मिलेको अधर भनिदिए देखि  त हो,
मैले  दिनभर गुँरास फुलाउँदै बस्न थालेको,

तिमिले आँखाको तारिफ गरिदियौ ,
मैले चिम्टिले उखेल्न सिकें ,

नरम हात भनिदियौ
मैले छपक्कै मेहेन्दी लाउन थालें,

तिमिले मिलेको शरीर भनिदियौ 
अनि ढल्की ढल्की हिड्न थालें 

तिमिले जून झै अनुहार भन्यौ 
अनि त पोत्न सिकें श्रृङ्गार ,

त्यसपछी त झनै आकर्षण भएछौ म प्रती 
लोरि झैं आदत परेछ 
मेरो कर्कश आवाज पनि,

नशा झै गाह्रो भयो 
मसंग छुट्टिन 

यत्तिकैमा एकदिन तिमिले बैँस को तिर चलायौ,
म घायल भए , आँखा चिम्लिए,

तर मनुवा! किन 
त्यस दिन पछि सुक्दै गयो घैला को पानी?
किन आउन छाड्यो परेवा चिट्ठी बोकेर?
किन घाम्ले पनि लगातार  पोलिरह्यो?
किन रौसिंदै आउँछ्न एक हुल बतास तिमी झै?
किन बेरंगिन देख्न थाल्यौ ओठका गुँरास?
किन फर्किएर आएनौ त्यसपछि ?
मनुवा?
मलाई नढाटी भन त, 
त्यति बेला तिमिले मन पराउनुको कारण 
 के म साँच्चिकै राम्री थिएँ  या 
म भर्जिन थिएँ   ?


बन्धु 
रुपन्देही

सम्बन्धित् समाचार