गृहपृष्ठ मनोरञ्जन असार पन्ध्र – किसान लाई काम, कलाकार लाई नाम

असार पन्ध्र – किसान लाई काम, कलाकार लाई नाम

प्रकाशित मिति:

काठमाडौं,                                                                                                                                                                 केही वर्ष पहिले असारे भाकामा रमाउँदै किसानहरू मानो रोपेर मुरी फलाउने दिन अर्थात् असार पन्ध्र मनाउने गर्दथे समय सङ्गै यो क्रम वदलिदै गएको छ केही वर्ष यता असार पन्ध्रमा उच्च पदस्थ ब्याक्तिहरु र कलाकारहरू असार पन्ध्र कै कार्यक्रम र फोटोहरूका कारण विवादित र चर्चित बन्दै गएका छन्  किसानलाई दिन रात काम गर्दा पनि फुर्सद नहुने समयमा केही कलाकारहरू भने असारे हिलोमा फोटो सुट गरेर चर्चा कमाउन व्यस्त छन् यसै क्रममा अहिलेकी चर्चित तथा हट मोडल तथा गायिका निरुता क्षेत्रीले हट फोटोसुट गरेकी छन् । असार १५ को अवसर पारेर उनले फोटो सार्वजनिक गरेकी हुन् ,जुन तस्बिरहरू अहिले सामाजिक सन्जालहरुमा भाईरल बनेका छन् ।

बदलिँदो समयक्रमसँगै रोपाइँको मौलिकता अब कस्मेटिक बन्न थालेको छ । यस्तो लाग्छ, धान रोप्ने हिलो आजभोलि बहुउपयोगी भएको छ । हिलोमा मोडलिङ गरेर चलचित्रको प्रचार गर्ने माध्यम पनि बनेको छ असारे हिलो ।

राजधानिमा सौन्दर्य व्यवसाय समेत गर्दै आएकी निरुता राम्रो ब्युटीसियन पनि हुन् । कलाकारिता र आफ्नो पेशा लाई संगै अघि बढाएकी निरुता गायनको साथसाथै मोडलिङमा समेत सक्रिय छिन् ।

हेरौ  तस्बिरहरु:-

 

सम्बन्धित् समाचार