गृहपृष्ठ खबर सशस्त्र प्रहरीका ५ जना एआइजीद्धारा राजीनामा

सशस्त्र प्रहरीका ५ जना एआइजीद्धारा राजीनामा

प्रकाशित मिति:

काठमाडौं,

मन्त्रिपरिषद बैठकले शेरबहादुर देउवा सरकारका पालामा डीआइजीबाट एआइजीमा बढुवा भएका सशस्त्र प्रहरीका ५ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) हरुले राजीनामा दिएका छन्।

एआइजीहरू जानकीराज भट्टराई, सुवोध अधिकारी, निराक्रिकम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठले राजिनामा दिएका हुन ।

तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाको पालामा डिआइजीबाट एआइजीमा बढुवा भएकाहरूले माघ यता तलब भत्ता पाएका थिएनन् ।

प्रदेश प्रमुखको जिम्मेवारी सहित एआइजीमा बढुवा भएका उनीहरू सशस्त्रको जिम्मेवारी सम्हाल्न नपाइ विदा भएका हुन ।

राजिनामा दिएकाहरूले डिआइजीकै सेवा सुविधा मात्र पाउनेछन ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पाँच एआइजीको राजीनामा गृहमन्त्रालयका निमित्त सचिव रामकृष्ण सुवेदीलाई बुझाएका छन्।

५ एआइजीले राजिनामा दिएपछि शैलेन्द्र खनाल पछिको आइजिपीमा डिआइजी सुरज कुमार श्रेष्ठ हुने पक्का जस्तै भएको छ ।

सम्बन्धित् समाचार