गृहपृष्ठ खबर सिद्धार्थ क्याम्पस र बुङचि वासिहरुको बिचमा जग्गाको बिषयमा विवाद ।।

सिद्धार्थ क्याम्पस र बुङचि वासिहरुको बिचमा जग्गाको बिषयमा विवाद ।।

प्रकाशित मिति:

सिद्धार्थ क्याम्पस र वाणगंगा १ बुङचि वासिन्दाहरुको बिचमा जग्गाको बिषयमा विवाद देखिएको छ । सो बिषयको समाधान गर्न भनि एक कार्यक्रमको आयोजना वाणगंगा नगरपालिकाका उपप्रमुख चक्रापणि अर्यालको संयोजकत्वमा १३ सदस्यीय कार्यदल गठन गरिएको छ । जगगाको बिषयमा विवाद मिलाउँनका लागि गठन गरिएको उक्त कार्यदले साउन ३० गते समस्या समाधान गर्ने जनाएको छ ।

सिद्धार्थ क्याम्पस देखि दक्षिण साईडमा रहेको १५ विगा जग्गा स्थानियले प्रयोग गर्र्दै आईरहेका छन् । तर त्यो जग्गा भने क्याम्पसले आफ्नो हो भनेर दावि गरेको छ । उक्त जग्गामा स्थानियवासिले कृषि तथा पशुपालन गर्दै आईरहेका छन् । सो जग्गा कस्को हो भनेर नगरपालिकाकाले विशेष चासो भने देखाएको वाणगंगा नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख मंगल प्रसाद थारुको अध्यक्षता, उपप्रमुख अर्याल, प्रमुख प्रशासकिय अधिकृत तुल्सिराम मरासिनि, वडा नं १, २, र ४ का वडाअध्यक्ष क्रमस वाल कुमारि पन्त अधिकारि, विष्णु प्रसाद पौडेल र गणेश बहादुर क्षेत्री, सिद्धार्थ क्याम्पस सञ्चालक समितिका अध्यक्ष झविलाल पोख्रेल, क्याम्पस प्रमुख वालाराम ज्ञवालि, स्थानिय वासिन्दा लगायत विभिन्न सरोवारकालाहरुको उपस्थितीमा उक्त कार्यदल गठन गरिएको हो । कार्यदलले जग्गा कस्को हो भनि अनुसन्धान गरि साउन मसान्त सम्म निष्कर्ष निकाल्ने वाणगंगाका नगर प्रवक्ता विष्णु पौडेलले जानकारि दिए ।

सम्बन्धित् समाचार